OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २, २०७७जुम्ला,
१२७८ पटक

२०७७ माघ ३ गते
जुम्ला । २३ औ अन्तराष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले डेमो प्रर्दशन र जनचेतनामुलक भिडियो देखाएको छ ।
नेपाली सेनाले टुडिखेलमैदानमा आगलागी भएपछि जलेका घर निभाउने देखी आगलागीबाट विरामी भएकाहरुको उद्धार सहितका जनचेतनामुलक डेमो प्रदर्शन गरेको छ । सेनाले खोचमा परिरहेका घाईतेहरुलाई उद्धार तथा प्रथामिक उपचार गरेको डेमो उदाहरणीय प्रस्तु भएको छ ।

टुडिखेल मैदानमा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेशसभा सदस्य पदम रोकाया, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सरोकारवाला निकायहरु र स्थानीयको सहभागितामा डेमो प्रदर्शन गरिएको थियो ।
जुम्लाको टुडिखेलमा आगलागी पछिको नमूना प्रदर्शनमा बोल्दै मन्त्री भण्डारीले निकै प्रभावकारी शिक्षा दिने र नेपाली सेनाको लगानी, छवि उचो राख्ने उदाहरण भएको बताउनु भयो । नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको समन्वयमा देखाईएको उक्त उद्धार नमूना प्रदर्शनीमा प्रदेश सभासदस्य पदम रोकायाले सेनाको काम गर्व गर्ने प्रकारको सधै भईरहेको बताउनुभयो । साथै नेपाली सेना नन्दाबक्स गण र शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गणले प्रदर्शन गरेका भुकम्प प्रतिरोधी सामाग्रीहरु मन्त्री भण्डारी र सांसद रोकायाले समेत अवलोकन गरिएका थिए ।

यसैगरी जुम्लाको मुख्यबजारमा नेपाली सेनाको नन्दाबक्स गणले नेपाल र अन्तराष्ट्रिय स्तरमा भुकम्प सहित विपतको अवस्थामा सेनाले गरेको कामको बृतचित्र देखाएको छ । साझ साढे ६ बजेबाट करिब एक घण्टा बढि सरोकारवाला निकायहरु र स्थानीयको सहभागितामा गरिएका काम, उद्धार, तालिम प्रशिक्षण, अन्तराष्ट्रिय समन्वय सहितका विषयमा समेटिएका भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको नन्दाबक्स गणका गणपति दिवाकरण रायमाझीले जानकारी दिनुभयो ।

भूकम्प सहित विपतमा ज्यान गुमाउने नेपालीहरुलाई सम्झिदै भूकम्प सुरक्षा दिवसको अवसरमा दिपाली सहित शुरु गरिएको उक्त बृत्तचित्र प्रदर्शन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपाली सेना सहित सुरक्षा निकाय, सरोकारवाला निकायहरुले २३ औ भुकम्प दिवस प्रभावकारी जनचेतनाको रुपमा भएको र हामीले भौतिक संरचना बनाउना भुकम्पमैत्री बनाउन अनिवार्य आचार सहिँताको पालना गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्