OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २१, २०७७
५५६ पटक

२१ मंसिर २०७७, आईतबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि करिब रु.१० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बजेट अख्तियारीका स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणका लागि रु.तीन करोड ९३ लाख, अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि रु.पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणका लागि रु.एक करोड गरी जम्मा रु.नौ करोड ९३ लाख बजेट अख्तियारी प्रदानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले मन्त्रालयको चालु आ.व.०७७÷०७८ को स्वीकृत बजेट अन्तरगत चालु शीर्षक नं.२७२१२ को उद्धार, राहत तथा पुनस्र्थापना खर्चको क्रियाकलाप संकेत नं.७.२.८.५ सडकलगायत दुर्घटना, उद्धार कार्यक्रम शीर्षकबाट कार्यक्रम संशोधनपश्चात् विपद्का घटनाबाट मृत्यु भएका मृतक २३ घर परिवारलाई रु.४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मृतकको एकिन गरी दोहोरो नपर्ने शर्तमा राहत सुविधा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

त्यस्तै, मन्त्री केसीका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा संगठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्