OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २५, २०७७
४९३ पटक

 २५ असोज २०७७, आईतबार

कर्णाली प्रदेशमा आज कोरोना संक्रमणबाट एकजना ६५ वर्षीय महिलाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार महावै गाउँपालिका ४ कालीकोटका ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट आज बिहान १०ः०० बजे मृत्यु भएको हो । महिलालाई ज्वरो र सास फेर्न गाह्रो भई यही भदौ २१ गते कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

२१ गते आकस्मिक कक्षबाट महिलाको स्वाब लिई कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर जाँच गर्दा २२ गते कोरोना पोजेटिभ देखिएपछि आईसियुमा राखिएको र उपचारको क्रममा आईसियुमा नै मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । अधिकृत कँडेलका अनुसार “महिलामा भएको दीर्घ स्वासप्रश्वास सम्बन्धी रोग, मुत्रनलीको संक्रमण तथ माथिल्लो भागमा रक्तश्रवाको समस्या निदान भईसकेको थियो ।”

कोरोना संक्रमणका कारण मृत्यु भएका उहाँलाई जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाबाट शव व्यवस्थापन भईरहेको उहाँले बताउनुभयो । शिक्षा अधिकृत कँडेलका अनुसार महिलासहित कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्