OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही ,आश्विन १५, २०७७जुम्ला,
३५६ पटक

असोज १५ गते । कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाम पुन निषेधाज्ञा गरिएको छ ।
स्थानीय प्रशासनले एकै पटक ३० जना भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप फैलिन नदिन असोज १५ गते दिउसो ३ बजेबाट अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । प्रजिअ थापाबाट जारी आदेशमा संक्रमति व्यक्तिको खोजी र परीक्षणका लागि चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्ना सम्मको चार किल्ला निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको निर्णय जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफासि अनुसार जिल्ला सुरक्षा समितिको वैठकले निर्णय गरेको हो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमित देखिएपछि अस्पतालको आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द समेत गरिएको छ ।

संक्रमित २४ बाट बढेर ४७ पुगे : 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना जना स्वास्थ्यकर्मी सहित ४७ जना कोरोना पोजेटिभ भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो । उहाँका अनुसार २७ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी अन्य बिरामी, विरामीका आफन्त समेत रहेका छन् । उनिहरुलाई अस्पतालको आईसोलेशनमा राखिएको डाक्टर समालले जानकारी दिनुभयो । यसैगरी अन्य कर्मचारीहरुको पनि स्वाव परीक्षण गर्ने तयारी भईरहेको छ । हिजो वेलुकी २४ जना थिए । आज २३ बढेर ४७ संक्रमित भएका उहाँले जानकारी दिनुभयो ।

केही दिन अघि शुन्य भएको जुम्लामा फेरी कोरोना पोजेटिभ देखिएपछि त्रास बढेको छ । अव अस्पतालका अन्य कर्मचारीलाई समेत परीक्षण गरिएका बताईएको छ ।

प्रतिकृया दिनुहोस्