OnlinePana

आज : २०८३ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०७७सुर्खेत
६६४ पटक

३ असार २०७७, बुधबार

झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउ्रँपालिका ८ सुर्खेतकी महिलाको आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

२५ वर्षीय महिला असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । शव परीक्षणका लागि सुर्खेत मेहलकुना अस्पताल लगिएको उनको शव परीक्षण गर्नुअअघि आज कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो

यही जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर महिला घर फर्किएकी थिइन् । स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार क्वारेन्टिनबाट घर जाने क्रममा गरिएको आरडिटी जाँचमा रिपोर्ट नेगेटिभ आउँदा होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको थियो ।

महिलाको मृत्युसहित कोरोना संक्रमण पुष्टि हुनेको संख्या कर्णालीमा चार पुगेको छ । महेलकुना अस्पतालमा राखिएको महिलाको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्