OnlinePana

आज : २०८३ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०८३काठमाडौं
६ पटक

१० भदौ २०८३, बुधबार

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाका ३६ जना श्रमिक सम्पर्कविहीन भएका छन् ।

कामका लागि रसुवा गएका पातारासी गाउँपालिका ४ जुम्ला लाम्रीका गाउँका १६ वडा नं. ५ माथि ल्होर्प गाउँका १४, तलि ल्होर्प गाउँका चार र जम्न गाउँका दुई गरी ३६ जना श्रमिक आज बिहान भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएको सो गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु रसुवा हाँकु जेसी २१६ नम्बर ड्यासाईडमा काम गरिरहेका थिए ।

उपाध्यक्ष रोकायले सम्पर्कविहीन भएकाहरुमा भक्तिराम बोहोरा, अर्जुन बोहोरा, बिर्ष बोहोरा, अमृत बोहोरा, कुमार बोहोरा नामका दुई जना श्रमिक बताउनुभयो । उहाँका अनुसार भीम बुढा, दीपक बुढा, प्रमेन्द्र बुढा, विष्णु बुढा, राम, बुढा, जीवन बुढा, कमलसिंह बुढा, धनलाल बुढा, मक्क बुढा, पंकराज बुढा, विश्व बुढा र दिपक रावतलगायत उक्त बाढीका कारण सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनहरु बाँकी सबैको नाम संकलन गर्ने कार्य भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्