OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०८३काठमाडौं
१० पटक

२९ साउन २०८३, शुक्रबार

सुर्खेतको पश्चिम दक्षिणमा पर्ने बराहताल गाउँपालिका ६ स्थित बीउरेनी जंगलमा चार थान भरुवा बन्दुक फेला पारिएको छ ।

काठको मुढाको बीचमा लुकाई छिपाई राखेको अवस्थामा आज प्रहरीले चार थान बन्दुक फेला पारेको हो । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा गएको आठ जना प्रहरीको टोलीले आज बिहान १०ः१५ बजे चार थान बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोले जानकारी दिनुभयो ।

बीउरेनीको जंगलमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । चार थान भरुवा बन्दुकमा तीन थान लोडेड र एक थान खाली फेला परेको बताउँदै प्रहरी नायब उपरीक्षक बोहोराले यसबारे थप अनुसन्धान कार्य भइरहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्