OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मुख्यमन्त्री शाहीकाे कर्णालीका प्रजिअसँग भर्चुअल बैठक सम्पन्न

पूर्वतयारी, शान्ति सुरक्षा र सेवा प्रवाहबारे चासाे

कोरपाटी साउन २१, २०८३सुर्खेत
५७ पटक

वीरेन्द्रनगर सुर्खेत :
२०८३ साउन २१ गते । कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाही कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल वैठक गर्नु भएकाे छ।

विहीवार मुख्यमन्त्री शाहीले मनसुनजन्य विपद्को पूर्वतयारी, प्रतिकार्यको अवस्था, शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहका विषयमा उहाँहरू सँग भर्चुअल बैठक गर्नुभएको हाे।

बैठकमा मुख्यमन्त्री शाहीलाई कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिम, बाढी, पहिरोको अवस्था, पूर्वतयारीका लागि गरिएका कार्य, उद्धार तथा राहत व्यवस्थापनको तयारी, आवश्यक स्रोत–साधनको उपलब्धता, शान्ति सुरक्षाको समग्र अवस्था वारे  जानकारी गराउनु भएकाे छ ।

यसका साथै प्रमुख जिल्ला अधिकारीहरूले नागरिकलाई प्रदान गरिँदै आएको सेवा प्रवाहबारे समेत जानकारी गराउनु भएको मुख्यमन्त्री शाहीका निजी सचिव मुकुन्द शर्माले जानकारी दिनु भयाे ।

उहाँका अनुसार मुख्यमन्त्रीले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गरी उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। उहाँले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकता दिन, जोखिमयुक्त क्षेत्रको नियमित जानकारी राख्न तथा नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो। यसैगरी विपतको लागि आवश्यक पर्ने सामग्री र राहत रकम प्रदेश सरकारबाट पनि उपलब्ध गराउन सकिने प्रतिवद्वता जनाउनु भयाे । उहाँले मनसुनजन्य विपतमा सतर्कता अपनाउन समेत निर्देशन दिनु भयाे ।

अहिले मनसुन बदलिए सँगै वर्षा पछि विभिन्न स्थानमा पानीले बाढि पहिराे आउन सक्ने हुनसक्छ । साे अवस्थामा कर्णालीकाे बिपत समयन्त्र थप अलर्ट गर्न मुख्य मन्त्री शाहीकाे सक्रियता बढेकाे छ । मुख्यमन्त्री शाहीले विपतकाे समयमा चाहिने साधन स्राेतका लागि समेत जिल्ला जिल्लामा चनाखाे भई पुर्व तयारी गरिनुपर्ने बताउनु भएकाे छ ।

 

प्रतिकृया दिनुहोस्