OnlinePana

आज : २०८३ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १३, २०८३काठमाडौं
८ पटक

१३ असार २०८३, शनिबार

सुर्खेतः ‘कर्णाली क्रिकेट कप २०८३’ भोलिदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले भोलि असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने जनाउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीहरुलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ । सचिव केसीले प्रतियोगितामा विजेता टोलीले रु.एक लाख एक हजार, उपविजेताले रु.५१ ह्जार पुरस्कार प्रदान गर्ने बताउनुभयो । बेस्ट बलरले रु.पाँच हजार, बेष्ट ब्याट्समेनले रु.पाँच हजार र प्लेयर अफ द सिरिजले रु.दश हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु.दुई हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु.२० लाख सहयोग गरेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्