
जुम्ला/असार १ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय वन्द गर्न पत्राचार गरेको हो । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । यस चन्दननाथ नगरपालिका अन्तरगतका सामुदायिक तथा सस्थागत विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुमा केही दिन देखी ठेउलाको संक्रमण ब्यापक रुपमा देखिन थालेको छ । यसको फैलावट समुदाय स्तर तथा अन्य वालवालिकामा थप फैलिन सम्ने भन्दै उच्च जोखिम देखिएको हुदा यसलाई महामारीको रुप नलिनका लागि समयमै नियन्त्रण गर्न आवश्यक रहेको छ ।
शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार चन्दननाथ नगरपालिकाले २०८३ असार २ गते देखी २०८३ असार ५ गते सम्म विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । नगरपालिकाको २०८३ साल असार १ गते आजै बसेको दु्रर्त प्रतिकार्य समितिको वैठकले सो निर्णय गरेको उहाँले बताउनुभयो ।
यता चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले विभिन्न विद्यालयमा ठेउला फैलिन थालेपछि विद्यालय बन्द गर्न समितिले निर्णयको सिफारिस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिकाका विभिन्न विद्यालयमा ३५ देखी ४० जना वालवासलकामा ठेउलाको लक्षण चिन्ह देखिएको उहाँले बताउनुभयो ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयले समेत सो बिषयमा उच्च सतर्कता अपनाउनु पर्ने बताएको छ । कार्यालय प्रमुख किरण शर्माका अनुसार बालबालिकामा ठेउलाको समस्या भएको भन्ने खबर आएपछि तत्काल विद्यालय बन्द गर्नुपर्ने सुझाब दिईएको बताउनुभयो । उहाँले यस रोगको रोकथामको उपाय भनेको वालवालिका टाढा गर्ने, दुरी कायमनै गर्ने, सचेतना फैलाउने भएकाले सचेत हुन आवश्यक भएको बताउनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयलाई समेत वोधार्थ गरिएको छ ।
क्याप्सन ः चन्दननाथ नगरपालिका जुम्लाले ठेउला रोग फैलिन रोकथामका लागि विद्यालय बन्द गर्न जारी सूचना तस्बिर नेत्र शाही, जुम्ला ।









