
नेत्र शाही/जुम्ला,
जेठ,३० गते । जुम्लाको हिमा गाउँपालिकामा अपांगता समावेशीकरण तालिम सम्पन्न गरिएको छ । सुस्वा परियोजनाको आयोजना तथा हिमा गाउँपालिकाको संयोजनमा हिमा गाउँपालिकामा स्थानीय अपांगता समन्वय समितिलाई समावेशीकरण तालिम दिईएको हो ।
स्थानीय तहको निति कार्यक्रममा आफ्नो सहभागिता जनाउने, अपांगता संरक्षण सम्वर्बधनमा जोड दिने, अपांगतामैत्री संरचनामा जोड दिन सचेतना दिने तथा प्रतिवद्धता जनाउने उद्देश्यले तालिमको आयोजना गरिएको छ ।
गाउँपालिका उपाध्यक्षको नेतृत्वमा रहेको अपांगता समन्वय समिति र अपांगता भएका व्यक्तिहरु र अभिभावको सहभागितामा सम्पन्न तालिममा अपांगताको परिभाषा, प्रकार, परिचत्रपत्रको आधारमा प्रकार, सामाजिक सुरक्षाभत्ता सहितको सुविधा देखी राज्यले प्रदान गर्ने सुविधिाका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । तालिमको प्रशिक्षकको रुपमा अपांगता अधिकारकर्मी तथा पत्रकार नेत्रबहादुर शाहीले गर्नु भएको छ ।
तालिममा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले सिमान्तकृत समुदायलाई सहभागिता, संरक्षण तथा सम्बर्धन गर्ने राज्यको दायित्व भएकाले यसमा गाउँपालिकाले प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि गाउँपालिकाको सवै टिमले सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो । हिमा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रतनबहादुर शाहीले अपांगता भएका समुदायका लागि कार्यपालिकामा सवैको सकारात्मक हुनुपर्ने र अपांगता भएका व्यक्तिलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
तालिममा सहभागि अपांगता भएका व्यक्ति नन्दु बुढाले अपांगता भएका व्यक्तिालाई गाउँपालिकाले हरेक बर्ष निति कार्यक्रम र बजेटमा प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । सुस्वा परियोजना हिमा गाउँपालिका वास संयोजक सुमिता शाहीले स्थानीय तहमा अपांगता भएका व्यक्तिको निति कार्यक्रम र बजेटमा सहभागिता सुनिश्चितताका लागि तालिम गरिएको जानकारी गराउदै गाउँपालिकाले प्रथामिकता दिने आशा गरिएको बताउनुभयो ।







