OnlinePana

आज : २०८३ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रमिला महत,जेठ १३, २०८३जुम्ला
४४ पटक

रमिला महत/जुम्ला,

जेठ १३ गते । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मानविकी तथा सामाजिक शास्त्र संकाय थप्नका लागि तयारी थालिएको छ ।
उक्त संकायको सम्भाब्यता अध्ययन गर्न त्रिभुवन विश्व विद्यालयको टोली जुम्ला पुगेको हो । त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डाक्टर बामदेव अधिकारी, त्रिभुवन विश्व विद्यालय अर्थ शास्त्र संकायका प्रमुख प्रध्यापक डाक्टर बामदेव अधिकारी सहितको टोली जुम्लामा पुगि सम्भाब्यता अध्ययन गरिरहेको छ । टोलीले जुम्ला क्याम्पसको पुर्वाधारको अवस्था देखी क्याम्पस र सरोकारवाला निकाय सँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा जिल्लाको सुझावको आधारमा प्रतिवेदन बनाई त्रिभुवन विश्व विद्यालयलाई बुझाउने अध्ययन टोलीले जनाएको छ । जुम्ला बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लामो समय पछि क्याम्पसको स्तरबृद्धिका लागि र यहाँका विद्यार्थी, नागरिकको कानुन संकाय, मानविकी तथा सामाजिक विकास संकाय थप गर्न माग भएकाले शैक्षिक संकाय थप्न गर्न जिल्लाबाट सुझाब दिईएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले शैक्षिक संकाय थप गर्न अत्यान्तै आवश्यक भएकाले अध्ययन टोलीको प्रतिवेदनको आधारमा त्रिभुवन विश्व विद्यालयले स्विकृत गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्थानीय स्तरबाट तत्कालिन आर्थिक आधार तयारका लागि स्थानीय सरकारको पनि प्रतिवद्धता र निर्णय समेत भएकाले जिल्लाको मागको आधारमा काम गर्न सुझाब दिनुभयो । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्ला बहुमुखी क्याम्पसमा शैक्षिक कार्यक्रम भएपछि यस जिल्लालाई शैक्षिक हवको रुपमा स्थापित गर्न सकिने बताउनुभयो । उहाँले जिल्लाबाट कानुन संकाय तथा मानविकी तथा सामाजिक शास्त्र संकाय सिफारिस गरिएकाले अगाडि बढाउने आशा गरिएको बताउनुभयो । अन्तरक्रियामा सहभागी तथा पत्रकारले मानविकी तथा सामाजिक शास्त्र का आमसंचार तथा पत्रकारिता सहितका बिषय थ्पन सुझाब दिएका थिए ।

अन्तरक्रियामा त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले सुझाबका आधारमा सिफारिस गरिने तथा टिकाउने बिषयमा स्थानीयस्तरबाट सहयोगको अपेक्षा रहेको जानकारी दिनुभयो । अध्ययन टोलीका सदस्य तथा त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्रका सहायक डिन डाक्टर बामदेव अधिकारीले जुम्ला क्याम्पस र स्थानीयको मागको आधारमा सिफारिस हुनेमा दुईमत नभएको तर त्रिविवि कार्यपरिषदले अन्तिम काम गर्नेमा जोड दिनुभयो । उहाँले जुम्ला कर्णालीको भौगोलिक रुपमा पनि मुटु भएकाले यहाँको उच्च शिक्षाको शैक्षिक स्तर अगाडि बढाउन सवै सकारात्मक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्