OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही जेठ २८, २०७७ सुर्खेत
१०९७ पटक

२८ जेठ २०७७, बुधबार

कर्णालीमा आज थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । ३७ जना नयाँ संक्रमित थपिएसँग कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७०८ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा दैलेखका २५, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा.लक्ष्मीनारयाण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार दैलेख डुंगेश्वर गाउँपालिका २३, अवलपराजुलका दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाका सात, बराहताल गाउँपालिकाका एक र सिम्ता गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिकाका दुई र शिवालय गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्