OnlinePana

आज : २०८२ चैत्र २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २२, २०८२
६५ पटक

जुम्ला, चैत २१ गते । जुम्लाको दुर्गा माध्यामिक विद्यालय लाम्राका माध्यामिक शिक्षा परीक्षा (एसईई) का केन्द्राध्यक्ष र एक निरीक्षक निस्कासित भएका छन् ।

परीक्षा केन्द्रमा अंग्रेजी बिषयको दिनमा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको र केही समय पछि पाईएको भन्ने समाचार प्रकाशन भएको थियो । सो बिषयमा प्रकाशित समाचारको आधारमा जिल्ला परीक्षा समन्वय समितिले सो केन्द्रमा भौगोलिक रुपमा घटनाको अध्ययन, अनुसन्धान गरेर वैठक बसि केन्द्राध्यक्ष मुकुन्द शर्मा र कक्षा कोठाका निरीक्षक हरिदेवी रावललाई यस बर्षको परीक्षामा नरहने गरि जिम्मेवारीबाट हटाईएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्राध्यक्ष शर्मालाई जिम्मेवारीबाट हटाई सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको छ । त्यस केन्द्रमा चार जनाको कपिको सिरियल समेत नमिलेको लगायतका लापरवाही भएको अनुसन्धानबाट पाईएको प्रजिअ पौडेलले थप्नुभयो ।

यता शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रछाने लुहारका अनुसार लापरवाही भएका केन्द्राध्यक्ष र निरीक्षक उहाँहरुलाई जिम्मेवारीबाट हटाईएको छ । समाचार अनुसार संलग्न भएका भनिएका अन्य व्यक्तिलाई समेत परीक्षामा जिम्मेवारी नदिईने बताउनु भयो । सो केन्द्रमा सो बिषयको अध्ययन गर्न, अनुसन्धान गर्न शिक्षा विकास तथा समन्जय ईकाई प्रमुख रछाने लुहार, सुरक्षा निकायको टिम त्यहाँ पुगेर आएपछि जिल्ला सदरमुकाममा जिल्ला परीक्षा समन्वय समितिको वैठक बसेको थियो ।

क्याप्सन : जुम्लाको दुर्गा माध्यामिक विद्यालय तस्बिर काेरपाटीडटकम

प्रतिकृया दिनुहोस्