OnlinePana

आज : २०८२ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १४, २०८२
३० पटक

जुम्ला :नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्ला जिल्ला कमिटीले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीकाे बिराेधमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

एमाले निकट युवासंघले जिल्ला प्रशासन कार्यालय अगाडि राँका बालेर प्रदर्शन गरेकाे हाे । यसैगरी विज्ञेप्ति मार्फत  एमाले जुम्लाले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिशोधपूर्ण ढंगले गिरफ्तारी गरेको आरोप लगाएको छ। विज्ञप्तिमा उल्लेख गरिए अनुसार, जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको ठहर गरिएको छ।

एमाले जुम्लाका अनुसार, उक्त आयोगको गठन प्रक्रिया नै विवादास्पद रहेको र यसको प्रतिवेदन निष्पक्ष नभएको दाबी गरिएको छ। आयोगमा संलग्न व्यक्तिहरूको पूर्वधारणा तथा राजनीतिक झुकावका कारण निष्पक्ष छानबिन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, भदौ २३ र २४ गते भएका घटनाको छानबिन एकपक्षीय, अपूर्ण तथा पूर्वाग्रहयुक्त ढंगले गरिएको आरोप पनि लगाइएको छ। पार्टीले हिंसात्मक गतिविधि, तोडफोड तथा आगजनीजस्ता घटनामा संलग्न वास्तविक दोषीको पहिचान र अनुसन्धानमा आयोग असफल भएको आराेप लगाएकाे छ।

विज्ञप्तिमा आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई राजनीतिक तथा संवैधानिक विषयमा अनावश्यक टिप्पणी गरेको भन्दै त्यसले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको उल्लेख छ।

एमाले जुम्लाले अध्यक्ष ओलीको गिरफ्तारीलाई लोकतन्त्र, विधिको शासन तथा नागरिक स्वतन्त्रताको उल्लंघन भएको ठहर गर्दै तत्काल रिहाइको माग गरेको छ।

प्रतिकृया दिनुहोस्