

नेत्र शाही/जुम्ला,
चैत ११ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्रतिष्ठानलाई समृद्धि र विकास लागि जुम्लामा सर्वपक्षिण सुझाव संकलन गरेको छ । प्रतिष्ठानले राजनैतिकदल, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, सरोकारवाला निकाय सँग सुझाब संकलन गरेको हो ।
कर्णाली प्रतिष्ठानमा सम्पन्न गरिएको कार्यक्रममा सरोकारवाला निकायले प्रतिष्ठान जुम्लामा स्थापना भई यति धेरै काम हुनु गौरवको बिषय भएको बताउदै सुझाव दिएका छन् । उनिहरुले प्रतिष्ठानको चिकित्सा शिक्षा क्षेत्र निकै उत्कृष्ट भएपनि स्वास्थ्य सेवा सुधार्न लाग्नु पर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कर्णाली प्रतिष्ठानको पाँच बर्ष यताको समयमा सर्वपक्षिय,सर्वदलिय सुझाव कार्यक्रम प्रभावकारी भएको भन्दै कार्यक्रमका लागि धन्यवाद दिनुभयो । उहाँले कर्णाली प्रतिष्ठानले सुधानुपर्ने कुरामा सुधार्न सुझाब दिनुभयो ।
पुर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठान स्थापनाका लागि योगदान पुर्याएका सवैलाई धन्यवाद दिदै आगामी दिनमा गर्नुपर्ने कामका लागि सधै सहयोग रहने प्रतिवद्धता जनाउदै सुझाब दिनुभयो । सुझाव संकलन कार्यक्रममा राजनैतिकदलका प्रतिनिधि सहित सवैले सुझाब दिएका छन् । सुझाब कर्ता धेरैजसोले स्वास्थ्यसेवा सुधारका लागि भोगेका, देखेका अनुभव सहित सुझाब दिएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपकुलपति डाक्टर पुजन रोकाया र रजिष्ट्रार लक्ष्मी महतले आएका सुझाबको गम्भिर रुपमा लिई सुधारमा ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा कर्णाली प्रतिष्ठानको प्रगतिको बिषयमा समेत प्रस्तुतीकरण गरिएको छ । शिक्षाध्यक्ष डाक्टर डबलसिंह धामीले शैक्षिक कार्यक्रम र नर्सिङ निर्देशक सविना थापाले स्वास्थ्य सेवामा गरिएका काम, प्रयास, चुनौति र सम्भावनाका बिषयमा प्रतिवेदन प्रस्तुतीकरण गरिएको थियो ।





