OnlinePana

आज : २०८२ चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ५, २०८२
१४ पटक

५ चैत २०८२, बिहीबार

सुर्खेतः गत फागुन २३ गते बलात्कारपछि हत्या भएको भनिएको ईनिशा मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौ अधिवेशनको पाँचौं बैठकको प्रारम्भमा माग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले ईनिसा विकको हत्या प्रकरणले समाज निकै डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । युट्युबहरुले आफ्ना भ्यूज र सब्सक्राइबर बढाउने कार्यले पीडित परिवारलाई झनै पीडा दिएको भन्दै उहाँले पीडित परिवारलाई न्याय पुग्ने गरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यस्तै प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले कर्णालीका महिला तथा बालबालिकाको अवस्था निकै दर्दनाक रहेको भन्दै उनीहरुको मानव अधिकार संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गर्नुभयो । सदस्य रनसिंह परियारले ईनिसा मृत्यु प्रकरणको अनुसन्धान प्रक्रियालाई तीव्रता दिनुपर्ने भन्दै पीडितलाई न्याय दिलाउन र शव उठाउने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो ।

इनिशा मृत्यु प्रकरणमा समवेदना प्रकट गर्दै पीडित परिवारलाई भेटेको कुरालाई सामाजिक सञ्जालले बंग्याएर गलत प्रचार गरेको बताउनुभयो । मृत्युमाथि कुनै राजनीति र कपट नुहँदै भन्दै उहाँले सदनमा उठेको आवाजले पनि ध्यानाकर्षण गराएको र पीडित परिवारको न्यायका लागि कर्णाली प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल गर्नुभयो । त्यस्तै, सामाजिक विकास समितिका सभापति पूर्णप्रसाद चालिसेलाई कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको संशोधन प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रदेशसभा सदस्यहरु बेदराज सिंह, जीतबहादुर मल्ल, देवेन्द्र शाही, बलिमाया बुढा, मिलन खड्का, पूर्णप्रसाद चालिसेलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्