OnlinePana

आज : २०८२ चैत्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ५, २०८२
१६ पटक

५ चैत २०८२, बिहीबार

सुर्खेतः प्रधानमन्त्री सुशीला कार्की मुगु पुग्नुभएको छ । आज बिहान सुर्खेत हुँदै प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकप्टरमा मुगुको राराताल पुग्नुभएको हो ।

अनौपचारिक भ्रमणका लागि मुगु पुग्नुभएकी उहाँको रारातालको अवलोकन तथा त्यहाँस्थित सुरक्षा निकायका प्रमुखहरुसँगको भेटघाट कार्यक्रम रहेको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताउनुभयो । उहाँका अनुसार मुगुको भ्रमणपछि उहाँ जुम्ला जाने कार्यक्रम रहेको छ ।

यता जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आज जुम्ला पुगेर श्री २४ नं. कर्णाली बाहिनीमा एकबास बस्ने र भोलि बिहान चन्दननाथ बाबाको दर्शन गरेलगत्तै यहीबाट सिधै धनुषा जाने योजना रहेको बताउनुभयो । नितान्त अनौपचारिक भ्रमण भएकोले थप कार्यक्रम के छ भन्ने जानकारी नभएको उहाँले जनाउनुभयो ।

प्रधानमन्त्रीसँग उहाँका पति दुर्गाप्रसाद सुवेदी, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावलसमेत सहभागी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्