OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २९, २०८२
१३४ पटक

२९ फागुन २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले “केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२” लाई स्वीकृत गरी प्रदेश सभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृतिको अवधारणापत्र स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्