OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ २०, २०७७जुम्ला,
१००५ पटक

२० जेठ २०७७, मंगलबार

लकडाउन अत्यान्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीन दिन निषेधाज्ञा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले मिति २०७७ साल जेठ २१ गते विहान ९ बजेदेखि २०७७ साल जेठ २३ गते बेल’की १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यसैगरी भारतबाट आउने मानिसहरु अत्याधिक बढेपछि बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको थियो ।
पछिल्लो समयमा आम नागरिक र सरोकारवालाहरुको गुनासो पनि लकडाउनको पालन नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो । यसैगरी पछिल्लो समयमा बढ्दो भारतबाट आउने व्यक्तिहरु बढिरहेको समयमा सवैले आ आफ्नो घरमा लकडाउन गरेर बस्न जरुरी रहेको छ ।
बृस्तृतमा हेर्नुहोस स्थानीय प्रशासनले गरेको निषेधाज्ञा

प्रतिकृया दिनुहोस्