OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ११, २०८२
१५६ पटक

११ फागुन २०८२, सोमबार

आसन्न फागुन २१ हुने प्रतिनिधिसभा पदको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्र र अनुशासित ढंगले सबै दल, कर्मचारी तथा पत्रकारहरुले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताउनुभयो ।

चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुराहरुमा पत्रकारहरुले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालययमा भ्रामक कुराहरुको अनुगमन ÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले निर्वाचन नजिकिँदै गर्दा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासंघमा आउने गरेको बताउनुभयो ।

यस्तो अवस्थामा पत्रकारहरुले थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उहाँले जनाउनुभयो । आचार्यका अनुसार आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकोले जिम्मेवार र मर्यादित ढंगले रिपोर्टिङ गर्नुपर्दछ । त्यस्तै, महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहित दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका समस्या, चुनौती र समाधानका लागि अपनाइएको विधिबारे छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्