

नेत्र शाही /जुम्ला,
माघ २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई समताको आधारमा राज्यले सहयोग गर्ने बताउनु भएको छ ।
उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली प्रतिष्ठानलाई बजेट समानता नभई समताको आधारमा सहयोग हुने बताउनु भएको हो । उहाँले दुर्गम र ढुवानी महंगो भएकाले सोही अनुसार बजेटको सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । यहाँको उच्च स्थान चेरे चौरमा डिपिआर तयार गरि अगाडि बढाईएको वेसिक हेल्थ साईन्स अध्ययन भवन तथा संरचनाहरु स्वास्थ्य मन्त्रालयले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कर्णाली प्रतिष्ठानले पुर्याएको योगदान महत्वपुर्ण रहेको बताउदै अव स्वास्थ्य शिक्षा र सरसफाईमा जोड दिन प्रतिष्ठानलाई सुझाव दिनुभयो ।
उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नयाँ भौतिक संरचना बन्दै गरेको चेरे चौरको अवलोकन गर्नु भएको छ । मन्त्री शर्माका अनुसार एकै पटक नभई एक दुई एकदुई भवन गरेर पाँच बर्षमा चेरेका सवै भौतिक संरचना पुरा हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्णाली प्रतिष्ठान यस क्षेत्रमा स्थापना भएको स्वास्थ्य क्षेत्रको महत्वपुर्ण संरचना भएकाले यसलाई थप स्तरबृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कर्णाली दुर्गम क्षेत्र र ढुवानी महंगो भएकाले सोही अनुसार बजेट प्रथामिकतामा सहयोग हुनेमा थप्नुभयो । उहाँले केही समय अगाडि सम्पन्न प्रतिष्ठानको सभामा कर्णाली प्रतिष्ठानको काम, सम्भावना र चुनौति थाहा पाउदा खुशी व्यक्त भएको बताउनुभयो । उहाँले बीमाको भुक्तानी वाँकी रहेको भन्ने सुझाव आएकोमा भुक्तानी हुने अन्ति तयारीमा रहेको बताउनुभयो ।
स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले कर्णाली प्रतिष्ठानले स्वास्थ्य सुचांकमा देशलाई ठुलो सहयोग गरेको बताउदै धन्यवाद दिनुभयो । उहाँले प्रतिष्ठानले केन्द्रको रुपमा काम गर्दै आएकोमा धन्यवाद दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सँगै सड्क, खानेपानी सवै आवश्यक देखिने बताउनुभयो । उहाँले हामी सँग भएको विरामीलाई राम्रो सँग सेवा दिन खुशी बनाउन सुझाव दिनुभयो । हो यसमा विभिन्न समस्या छन्, कसरी प्रभावकारी सेवा गुणस्तरतामा जोड दिन आवश्यक रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान तथा शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजन रोकायाले कर्णाली प्रतिष्ठान र निर्माणाधिन भवन बन्ने स्थानमा अवलोकन गर्नुभएकोमा धन्यवाद दिदै चेरे चौरको करिब ६ अर्वको भौतिक संरचना बनाउन सरकारले सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले दैलखको राकम कर्णालीमा सेटेलाईट अस्पताल बनाउने बिषयको प्राथमिकता उत्तिकै रहेको छ । उहाँका अनुसार कर्णाली प्रतिष्ठानमा एमआरआई मेशिन उपलब्ध गराउन तथा ठुलो साईजको सिटिस्क्यान सहयोग गर्न मन्त्रालयलाई अनुरोध गर्नुभयो ।
उहाँले सिनेट बैठकमा पनि विभिन्न कुरा उठाएका छौ तर आज मन्त्री ज्यु र सचिव ज्युलाई भुगोलमा अवलोकन गराउन पाउदा खुशी व्यक्त गर्नुभयो । उहाँले अहिले पनि भौतिक संरचना अभाव हुदा आवासको समस्या, उहाँले देशका विभिन्न स्थानबाट यहाँ जनशक्ति आएर काम गरिरहेका छन् । ति कर्मचारीलाई प्रोत्साहन गर्नका लागि तलव बढिरहेको छैन । यसैगरी कर्मचारी स्थायी बनाउन आवश्यक छ । उपकुलपति रोकायाले भन्नुभयो, कर्णाली प्रतिष्ठान सँग हेल्थ टुरिजम पनि जोड्न आवश्यक रहेको छ । कर्णालीमा आउने पर्यटकको स्वास्थ्य सेवा दिने सेन्टरका लागि पनि अगाडि बढाउन आवश्यक रहेको छ । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले कर्णाली प्रतिष्ठानको स्थापनानै महत्वपुर्ण रहेको बताउदै यसको स्तरबृद्धिका लागि संघीय सरकारलाई अनुरोध गर्नुभयो । उहाँले प्रतिष्ठानले आफ्नो सेवा प्रवाहमा थप जोड दिनेमा विश्वास दिनुभयो ।
क्याप्सन : स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम कर्णाली प्रतिष्ठानमा तस्बिर नेत्र शाही जुम्ला ।












