OnlinePana

आज : २०८२ माघ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २७, २०८२
१३ पटक

नेत्र शाही/जुम्ला,

माघ २५ गते । जुम्लामा माटोले ढिस्कोले पुरिएर आमाको मृत्यु भएपछि पाँच बालबालिका समस्यामा परेका छन् । आमाको न्यानो काख पाएका ति वालवालिका आमाको अप्रत्यासित दुर्घटनाको मृत्यु भएपछि समस्या भएको हो । जुम्ला हिमा गाउँपालिका वडा नम्बर १ बड्की निवासी अन्दाजी ३७ निवासी हाँसु वि.कको माटोको ढिस्कोले गत बिहिवार माघ १५ गते पुरिएर मृत्यु भएको थियो ।

हासुको मृत्युपछि परिवार र गाउँ अहिले शोकमा छ । श्रीमान् ददिमललाई अहिले एकातिर धार्मिक संस्कार अनुसार कामकाज गर्नुपर्ने वाध्यता छ भयो भने अर्कोतिर ५ केटाकेटी थमथमाउन समस्या भईरहेको छ । हासुका श्रीमान् ददिमलका अनुसार श्रीमतिको घर पारि करिब एक किलोमिटर डाडामा माटो कोर्न गएकी रहिछन । माटीखान कोर्ने क्रममा चेपिएर मृत्यु भएको बताउनुभयो । उहाँले मृत्युपछि अहिले ३ बर्षिय छोरा समिर कामी, १३ बर्षिय शंकर, १५ बर्षको सुनिल कामी, १७ बर्षको छोरी सुर्जा र १९ बर्षर्की सृजनालाई थाम्दै हैरान भएको छ । यो घटनाले केटाकेटी थाम्दै हैरान भएका ददिमलले सानो बच्चाका लागि थप हैरान भएको बताउनुभयो ।

ददिमलका काका वलि सुनारका अनुसार माटो कोर्न गएको समयमा माटोको खान भत्किएपछि पुरिएर मृत्यु भएकोहो । स्थानीयका अनुसार दिउसो श्रीमति सहित दुई जना महिला माटो कोर्न करिब एक किलोमिटर किनडाडाँमा गएका थिए । माटो कोर्दै गर्दा भत्किएर उनि पुरिएपछि अर्की एक जना साथी मान्छे बोलाउन गाउँ आएकी रहिछन तर माटोले पुरै छोपिएपछि उद्धार गर्न जादाजादै बचाउन नसकिएको बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले माटोको ढिस्कोले पुरिएर उहाँको मृत्यु भएको खबर आएको जानकारी दिएको छ । घटना लगत्तै लगत्तै उपचारका लागि भनेर नजिकको कालिकाखेत्तु प्रथामिक स्वास्थ्य केन्द्र पुर्याईएको थियो । यता प्रथामिक स्वास्थ्य केन्द्रका डाक्टर प्रेम वलीका अनुसार माटीखानमा पुरिएर प्रथामिक स्वास्थ्य केन्द्र पुर्याईएकी उहाँको बाटोमै उहाँको मृत्यु भएको जानकारी दिनुभयो ।
यता स्थानीयले पाँच केटाकेटीको शिक्षा दिक्षा तथा जीवनयापनमा समस्या हुने भएकाले पढाईको लागि सहयोग गर्न सहयोगी निकास र सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । श्रीमतिको ज्यान गएपछि सवै काम ठप्प भयो, कमाएर बच्चा पाल्ने म घरमै थन्किएर बस्नुपर्ने भएकाले समस्या भएको ददिमलले बताउनुभयो ।

क्याप्सन : श्रीमति माटोको ढिस्कोले पुरिएर मृत्यु भएपछि पाँच वालवालिकाको साथमा श्रीमा्न ददिमल तस्बिर नेत्र शाही, जुम्ला ।

 

 

 

प्रतिकृया दिनुहोस्