

रमिला महत/जुम्ला,
माघ २० गते । जुम्लामा स्याउ बीमा भुक्तानी सहित विभिन्न माग गर्दै आएका चन्दननाथका किसान सँग सहमति भएको छ । उनिहरुलाई चाडै भुक्तानी प्रदान गर्ने निर्णय पछि ताला खुलाईएको हो । स्याउ नगरपालिकाका किसानले स्याउ बीमाको भुक्तानी गर्न ढिलाई गरिएको सहितका माग लिएर गत माघ १५ गते तालबन्दी गरेका थिए ।
किसानको मागलाई मध्यनजर गर्दै जिल्ला स्तरमा किसान, शिखर ईन्स्योरेन्स र सरोकारवाला निकायको उपस्थितिमा सहमति तथाय निर्णय भई ताला खुलाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य सहित सरोकारवाला निकायको रोहवर तथा किसान संखु खत्री सहितका किसानको अगुवाईमा बार्तामा सहभागी किसानले छलफल गरि निर्णय गरेपछि ताला खुलेको हो ।
स्याउ बिमा गरेका भुक्तानी दिन वाँकी किसानलाई चाडै भुक्तानी गर्ने, चन्दननाथ नगरपालिकाका किसानको विमितले पाउनुपर्ने र अनुदान गरि ७२८ रकम पाउने गरि तत्काल तयार गरि प्रक्रिया पुरा गर्ने, जुम्ला जिल्ला भरीका भुक्तानी दिन वाँकी किसानको ३ महिना भित्र माग पुरा गर्ने, प्रक्रिया नपुगेका फाईलहरु, तत्काल प्रक्रिया पुर्याई शिखरको केन्द्रीय कार्यालयमा पठाउने, थपजनशक्ति परिचालन गर्न गाउँपालिका, नगरपालिका सँग समन्वय गर्ने २०८२ । ०८३ को सम्पुर्ण कृषकलाई जानकारी गर्ने तथा विमा प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।






