OnlinePana

आज : २०८२ माघ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १५, २०८२
७ पटक

१४ माघ २०८२, बुधबार
सुर्खेतः नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणधिन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाईन आयोजना अन्तरगत कोहलपुर–सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो । उक्त सम्पन्न प्रसारण लाईन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।

सो प्रसारण लाईन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँके जिल्लाको कोहलपुर सवस्टेशनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाईनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उहाँले बताउनुभयो । प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारण लाईन सञ्चालनमा ल्याइनेछ ।

प्राधिकरणले प्रसारण लाइनका टावरहरुमा नचढ्न, कुनैपनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका संकेत देखाइएका विद्युतका संरचनाहरुलाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । साथै परीक्षणको क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको प्रवक्ता ढकालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्