OnlinePana

आज : २०८२ माघ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ११, २०८२
९ पटक

नेत्र शाही/जुम्ला,

माघ १० गते । जुम्लामा हिमपात भएको छ । मध्यराति देखी हिमपात भएको हो । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । यस पटकको हिमपात आज माघ १० गते भएको छ ।

जुम्लामा अहिले हिउँ आईरहेको छ । हिउँ आउदा सवैभन्दा बढि किसान खुशी भएका छन् । हिउँ नआउदा हिउँदेवाली सुखिरहेको समयमा अव भने बालीनालीका लागि राहात भएको छ । कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ का किसान रतन रावतले हिउँ परेर हिउँदे वाली जोगिएको बताउनुभयो । किसान गोपाल रोकायाले किसानका लागि हिउँ नभई चाँदी सरह रहेको बताउनुभयो ।
जुम्लाको तापक्रम माईनस डिग्री छ । हिमपात हुदा सामान्य जनजीवन प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा करिब एक फिट हिउँ परिसकेको र हिउ आईरहेको छ ।

फोटो क्याम्पस ः जुम्लामा करिब आधा फिट हिउँ तस्बि नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्