OnlinePana

आज : २०८२ माघ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १०, २०८२
७ पटक

९ माघ २०८२, शुक्रबार

सुर्खेतः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताउनुभएको छ ।

पार्टीको प्रदेशस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आईपुग्नु भएका अध्यक्ष साम्पाङले देश चलाउन ईमान्दार नेतृत्वको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचारविरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सकेमात्र देश बन्ने दावी गर्नुभयो । उहाँका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई स–साना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गर्नुभयो ।

काम नगर्ने प्रवृतिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिनुभयो । ल्यापटप र मोबाइल चलाएर देश नबन्ने भएको असल नेतृत्व चयनका लागि आगामी निर्वाचनमा ‘माटोलाई भोट’ गर्न अपिल गर्नुभयो । पुराना दलहरुबाट विद्यमान समस्याहरु समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्