

३ माघ २०८२, शनिबार
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलको नेतामा मंगल शाही चयन हुनुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा बसेको नेकपा प्रदेशसभा दलको बैठकले मुगु ख बाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई ध्वनि मतको आधारमा बहुमतबाट दलको नेता चयन गरिएको हो । प्रदेशसभा सदस्यत्रय बिन्दमान बिष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतको माध्यमबाट बहुमतको आधारमा शाही दलको नेतामा चयन हुनुभएको हो ।
दलको नेतामा प्रदेशसभा सदस्यद्वय रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि दावी रहेको थियो । बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेपछि तीनजनाको दावी रहेको थियो । तत्कालीन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशभा दलको नेता राजकुमार शर्माले गत मंसिर १७ गते दल नेताबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि उक्त पद रिक्त रहेको थियो ।








