OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०८२
१८० पटक

३० पुस २०८२, बुधबार

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिराचोकस्थित मोटरसाईकलको ठक्करबाट ७० वर्षीय वृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत निवासी लक्ष्मी लामिछाने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार अपरान्ह ४ः२० बजे पिपिरा चोकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२.प.३२७१ नम्बरको मोटरसाइकलले लामिछानेलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल सुर्खेत उपचारका क्रममा राती मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । मृतको शव प्रदेश अस्पतालमा रहेको जनाउँदै उहाँले ठक्कर दिने चालक लेखबेशी नगरपालिका ३ सुर्खेतका २९ वर्षीय हर्कबहादुर बस्नेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्