

सुमित्रा शाही/जुम्ला,
पुस÷ २८ गते । जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटाएको छ ।
गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरि खटाएको हो । जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ९ मा जन्मनु भएका हमाल साविक कर्णालीबाट प्रमुख जिल्ला अधिकारी हुने पहिलो महिला हुनुहुन्छ । यस अगाडि नेपाल सरकार उद्योग मन्त्रालयमा काम गरिरहनु भएका उहाँ गृहमन्त्रालयमा सरुवा पश्चात डोल्पाको प्रमुख जिल्ला अधिकारीमा खटाईएको छ ।
नवनियुक्त डोल्पाका प्रमुख जिल्ला अधिकारी हमालले २०६९ सालमा प्रशासन तिरको शाखा अधिकृत पदमा नाम निकाल्न सफल हुनु भएको थियो भने २०८१ साउनमा उपसचिव पदमा नाम निकाल्न सफल हुनु भएको थियो । उहाँले लगातार ३ पटक लिखित परीक्षमा सहसचिव नाम समेत निकालेर अन्तरवार्तामा फालिनु भएको छ ।
डोल्पाका प्रजिअ जुनु हमाल सँगै जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी हुने व्यक्ति आठ जना पुगेका छन् । सहसचिव जयनारायाण आचार्य, सहसचिव तथा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, सहसचिव भुपेन्द्र थापा, उपसचिव उमाकान्त हमाल, प्रेम देवकोटा, रोम बहादुर महत, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री यस अगाडि प्रमुख जिल्ला अधिकारी भईसक्नु भएको छ ।
जुम्ला निवासी नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा चितवन जिल्लाका पुर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले साविक कर्णालीबाट महिला प्रमुख जिल्ला अधिकारी जुनुहमाल ढकाल पहिलो हुनुभएकोमा बधाई दिनुभयो ।
क्याप्सन : डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल तस्बिर :सामाजिक सन्जालबाट 







