OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २३, २०८२
१९७ पटक

 

२३ पुस २०८२, बुधबार

सुर्खेतः आसन्न माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको हो । अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

त्यसैगरी, महिला कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अन्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारी चौलागाईले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्