OnlinePana

आज : २०८२ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १८, २०७७
८५० पटक

१८ जेठ २०७७, आईतबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्या १२३ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकाहरु मध्य ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । त्यस्तै, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ जना सल्यान र १ जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

यस अघि सुर्खेतका ३० र देलेख १४, बाजुराका १ र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न बढेपछि अब यसको जोखिम न्यूनिकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावललका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्