OnlinePana

आज : २०८२ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०८२
१८ पटक

११ पुस २०८२, शुक्रबार

बढ्दो प्रदुषण, जलवायु परिवर्तनको प्रभाव र जैविक विविधताको ह्रास कम गर्न कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ सम्बन्धी प्रशिक्षण दिइएको छ ।

पर्यवारणीय कृषिमा आधारित खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तरगत कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र्र र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)को साझेदारीमा कर्णाली प्रदेशका सरकारी निकायका कृषि, पशु र वन सेवाका सहायकस्तर (चौथो÷पाँचौ तह)का २५ प्राविधिक कर्मचारीहरुलाई ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ सम्बन्धी छ कार्य दिनको प्रशिक्षण दिईएको हो ।

परियोजना लागु भएका कर्यक्षेत्रहरु सुर्खेत, दैलेख र जुम्लासहित दशवटै जिल्लाबाट कृषि, पशु सेवा तथा वन सेवा तर्फका प्राविधिक कर्मचारीलाई परियोजनाको लक्ष्य अनुरुप पर्यवारणीय नमूना गाउँ बनाउने कार्यमा हातेमालो गर्ने हेतुले विशेष सहभागी गराइएको लिबर्ड ग्रीन इभोलुशन परियोजना तथा कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रीन इभोलुसन परियोजना जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालय (द्यःश्) र वेल्टहंगरहिल्फे (ध्ज्ज्) को सहयोगमा नेपाल, भारत र बङ्गलादेशमा कार्यान्वयन भइरहेको छ ।

प्रदेश संयोजक लम्सालले मूलतः पर्यवरणीय कृषिको सिद्धान्त र व्यवहारलाई सरकारी कृषि प्रसार प्रणालीमा प्रभावकारी रुपमा समावेश तथा अभिवृद्धि गर्ने लक्ष्य राखी प्रदान गरिएको प्रशिक्षणले सिद्धान्त भन्दा व्यवहारिक अभ्यास गर्न जोड दिने बताउनुभयो । पर्यवारणीय कृषिको मूल भाव ‘प्रकृतिसँग मेल खाने खेती प्रणाली भएको उल्लेख गर्दै कृषि क्षेत्रमा काम गर्ने प्राविधिक राष्ट्रको खाद्य सुरक्षाको मेरुदण्ड हो भनेर गर्व गर्नुपर्ने जिकिर गर्नुभयो ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कृषि, पशु र वन तीनै क्षेत्रलाई समावेश गरी दिइएको प्रशिक्षण सरकारी कार्यक्रम तथा योजना तर्जुमा गर्दा पर्यावरणीय कृषि अनिवार्य शर्तका रुपमा दर्ज हुने बताउनुभयो । कृषि, पशुमा देखिएको रसायनले मानव जीवनमा पारेको असर न्यूनीकरण गर्न प्राङ्गारिक अर्थात् विषादीरहित उत्पादनमा विशेष जोड दिइने उहाँको भनाई थियो ।

कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतका केन्द्र प्रमुख धनबहादुर कठायतले कर्णालीमा कृषिका महत्वपूर्ण काम हुँदै आएको दावी गर्नुभयो । विश्वमा कृषि क्षेत्रको विकासका लागि जैविक विविधता, जलवायु परिवर्तन र प्रदुषणका सवालमा ठूलो बहस हुँदै गएको जनाउनुभएका उहाँले पर्यावरणमा आधारित कृषि योजना र कार्यक्रमले मात्र कर्णालीले लिएको अभियान अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकिने बताउनुभयो ।

छ दिनसम्म चलेको प्रशिक्षणमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा विशेष जोड दिइएको थियो । सहभागी देवकुमारी पौडेलले कृषि उपज प्रणाली, पशु स्वास्थ्य व्यवस्थापन, माटोको उर्वरता, वृद्धिका जैविक उपाय, व्यवस्थापन, जैविक कीटनाशक प्रयोग, न्यूनतम खनजोत प्रविधि, परागसेचक संरक्षण, तथा जैविक प्रमाणिकरण र बजार प्रवद्र्धनबारे प्रशिक्षण प्राप्त गरेको बताउनुभयो ।

सैदान्तिक पाठ दोश्रो र तेस्रो दिन बराहताल–८, भट्टेघारी सुर्खेत, फिल्डमा नै सहभागीहरूले फार्म योजना तनाव मुल्यांकन, स्रोत नक्साङकन र कार्ययोजनामा प्रत्यक्ष अभ्यास गरे । परम्परागत र वैज्ञानिक दुवै अभ्यासको सन्तुलन र जैविक विविधता संरक्षणका उपायहरु अवलम्बन गर्दै जानुपर्नेबारे पनि सिकाइएको थियो ।

तलिमको दौडानमा कृषि पारिस्थितिकीका १३ सिद्धान्त र १० अवयव, ल्यान्डस्केप स्तरको सूक्ष्म योजना, ५ कोठे विश्लेषण साथै जैविक स्रोतमार्फत पोषण व्यवस्थापन, रोग–कीरा नियन्त्रणका जैविक प्रविधि, पुनः प्रयोग र सूर्य निष्किरण विधि, र पशु व्यवस्थापन र प्रजनन व्यवस्थापनका व्यवहारिक सीपहरूबारे बुझाइएको थियो ।

सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी, ज्ञानवद्र्धक र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । तालिमका अन्त्यमा सबै सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा कृषि पारिस्थितिकीलाई एकीकृत गर्दै “सहभागितामूलक समुदाय योजना” तयार गर्न प्रोत्साहित गरिएको थियो । त्यसैगरी सहभागीहरुले आफ्नो कार्यक्षेत्रका वार्षिक कार्यक्रम योजना तथा तर्जुमा गर्दा पनि पर्यावरणिय दृष्टिकोण र सिद्धान्तमा गर्ने जनाएका छन् ।

यस तालिमबाट प्रशिक्षित प्रसारकर्मीहरू आफ्नो कार्यक्षेत्रमा पर्यवारणीय कृषिको अभ्यासहरूको प्रवद्र्धन गरी किसानलाई सीप स्थानान्तरण, तथा कर्णाली प्रदेशको खाद्य प्रणाली रूपान्तरण अभियानमा सशक्त योगदान पु¥याउने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशमै पहिलो पटक पर्यावरणीय कृषि सम्बन्धि प्रशिक्षण सरकारी निकाय र गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालन हुनु सहकार्य र समन्वयको उत्कृष्ट उदाहरण भएको मानिएको छ ।

 

प्रतिकृया दिनुहोस्