OnlinePana

आज : २०८२ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०८२
१५ पटक

 

११ पुस २०८२, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानवीय सहायता तथा विपद उद्वार पोखरी निर्माण कार्य शुभारम्भ गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थल परिसर भित्र आज मुख्यमन्त्री कँडेलले मानवीय सहायता तथा विपद उद्वार पोखरी निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । बोल्दै मुख्यमन्त्री कँडेलले विपदका घटना अकस्मात हुने हुदा पूर्व तयारीका लागि पोखरी उपयोगी हुने बताउनुभयो ।

बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढी रहेकोले हेलिकप्टरसहित दमकलबाट अग्नि नियन्त्रणमा पोखरी निर्माणले सहज हुने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकारले विपद न्यूनीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायहरुसँग सहकार्य गरिरहेको र मूलतः विपद न्यूनिकरणमा सबैको सामुहिक प्रयासको आवश्यक रहने बताउनुभयो ।

सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ जसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो । त्यसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ । उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताउँदै नेपाली सेनाको प्राविधिक सहयोग रहने सो पोखरीको लागत रु.९९ लाख ९६ हजार दुई सय रहेको जनाउनुभयो ।

उपसचिव गौतमले विमानस्थल भित्र मानवीय सहायताका हिसावले विपद उद्धार पोखरी नेपालकै पहिलो हुने बताउँदै पोखरी निर्माणपश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्त्रण गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, पश्चिम पृतनाका सहायकरथी संजयकुमार रञ्जित, नं ४ बाहिनी नेपालगंजका बाहनीपति दिनेशजंग शाह, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक माधव श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्