पौष ११, २०८२

३८६ पटक

जुम्ला/पुष ११ गते ।
नेकपा एमाले जुम्लाले प्रतिनिसिभा समानुपातिक तर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
पार्टी सचिव मानबहादुर रोकायाका अनुसार जिल्लाको उपलब्ध पदाधिकारी, उपलब्ध नेता, प्रदेश समितिका सदस्य काठमाडौं र सुर्खेत बसेको वैठकले ११ जनाको नाम सिफारिस गरेको हो । उहाँका अनुसार खुला तर्फ राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया , हंश रोकाया सिफारिस हुनु भएको छ । महिला तर्फ सिफारस हुनेमा शान्ता शाही, मेनका रेग्मी, मेनका पछाई, पम्फी बुढा रहेकी छन् ।
यसैगरी पिछडिएको क्षेत्रबाट डाक्टर कुशेन्द्र महत, बिष्णुबहादुर शाही सिफारिस गरिएको हो । यसैगरी दलित तर्फ राजकली सार्कीको नाम सिफारिस गरिएको छ । पार्टी सचिव रोकाया अनुसार प्रत्यक्ष उम्मेदवारका बिषयमा भने छलफल भईरहेको छ ।








