OnlinePana

आज : २०८२ पौष ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ८, २०८२
२० पटक

८ पुस २०८२, मंगलबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नागरिक स्थान सबलीकरणका लागि यहाँका नवयुवाहरुसाँग ‘अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।

सेभ द चिल्डेन, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ (एआइएन) र युरोपियन युनियनको सहकार्यमा ‘अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एआईएनका नीति सल्लाहकार अनिल उपाध्यायले नागरिक स्थानको अवधारणा र नेपालको वर्तमान अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो । जसमा उहाँले नागरिक, राज्य, संविधान, त्यसअन्तरगत बनेका कानून र मौलिक हकबारे उल्लेख गर्नुभयो ।

तीनवटा सत्रमा सम्पन्न भएको कार्यक्रमको प्रारम्भमा नेपालमा नागरिक समाज र यसको स्थानको सन्दर्भ, सामाजिक विकासमा नागरिक समाजको भूमिका, जिम्मेवारी र प्राथमिकतामा लक्षित प्रस्तुति र छलफल भएको थियो । दोस्रो र तेस्रो सत्रमा नागरिक समाजको स्थान, यसको अभिन्न अंगको रुपमा युवाहरुको भूमिका र जिम्मेवारीका बारेमा संवाद भएको थियो ।

दाेस्राे सत्रमा पिपल ईन निड संस्थाका संयोजक नारायण विकको सहजीकरणमा युवा अभियान्ताद्वय पूजा दमाई र ओकेन्द्रनाथ योगी, गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश अध्यक्ष घनश्याम केसी, अन्तर्राष्टिय गैर सरकारी संस्थाहरुको महासंघ (एआइएन)का कार्य समिति सदस्य उत्तम निरौलालगायतका वक्ताहरुबीच नागरिक समाजका अभिनेता युवा, उनीहरुको वर्तमान र भविश्य शीर्षकबारे बहस गर्नुभयो ।

तेस्राे सत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका परियोजना संयोजक वीरेन्द्र थापाको सहजीकरणमा युवा अभियान्ता दीपक बुढाथोकी, विकास व्यवासायिक क्षेत्रीय फिल्ड कार्यालयका प्रबन्धक मीना पराजुली, सञ्चारकर्मी सिर्जना बुढाथोकी र कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले नागरिक स्थानको सबलीकरण, सामुदायिक विश्वास युवाको भूमिका शीर्षकमा संवाद गर्नुभयो ।

सो संवाद नागरिक समाजको सवलिकरण र यस प्रति समाजको विश्वास तथा भरोसा बढाउनको लागि युवाहरूको नेतृत्वमा सरोकारवालाहरुको भूमिकामा केन्द्रित भयो । कार्यक्रममा सहभागी नवयुवाहरुका प्रतिनिधि दीपक बुढाथोकीले कर्णालीको मौलिकतालाई प्राथमिकता दिइ रोजगारीमा वृद्धि, स्थानीय स्रोत र साधनको अधिकतम गरी विकासका आयामहरूलाई अघि बढाउनुपर्ने सुझाउनुभयो । कर्णालीको समृद्धिका लागि समन्वय, सहकार्य र सहभागितामा जोड दिनुपर्ने धारणा प्रदेश योजना आयोगका सदस्य योगीले राख्नुभयो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डा.एसपी कलौनीले कार्यक्रमको सान्दर्भिकता र कर्णाली आफुहरुको प्रमुख प्राथमिकताको क्षेत्र रहेको जानकारी गराउदै परिवर्तित सन्दर्भमा युवाहरुका वास्तविक मुद्दाहरु सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको प्रतिवबद्धता व्यक्त गर्नुभयो । यसैगरी एआइएनकै कार्यकारी सदस्य उत्तम निरौलाले मिडिया पनि नागरिक समाजकै अभिन्न अंग भएकाले सामाजिक रुपान्तरण र सशक्तिकरणका लागि एक आपसमा सहकार्य हुनपर्नेमा जोड दिनु भयो ।

सामाजिक तथा राजनैतिक वृतमा युवाहरुको सहभागिता, नागरिक स्थान र विश्वास सबलीकरणका लागि सामुदायिक एकताको सन्देश, युवा र नागरिक समाजका अगुवाहरुबीचको अर्थपूर्ण संवाद भएको उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगी, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश अध्यक्ष धनश्याम के.सी., स्थानीय नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधि, युवा अभियान्ता साथै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका अध्यक्ष डा. एसपी कलौनी, संघका कार्यकारी सदस्य उत्तम निरौला, नीति सल्लाहकार अनिल उपाध्याय, कार्यक्रम संयाजक रेश्मा श्रेष्ठ उपस्थिति रहेको उक्त कार्यक्रममा युवाहरु, सञ्चारकर्मीहरु, नागरिक समाजको प्रतिनिधीहरुसहित ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्