OnlinePana

आज : २०८२ मंसिर २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २१, २०८२
६९ पटक

नेत्र शाही/जुम्ला,

मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो ।

माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा खातुनले भन्नुभयो । हाम्रो समाजमा विभिन्न हिंसा भईरहेकोछ । म पनि तेजाब आक्रमण परेकी थिए । आफुलाई अट्याक भएपछि थाहा भयो । एसिड बिषयको कानून हेरे, यसको कानून बनाउन लागे ।

खानुनका अनुसार अव अहिले १६ दिने अभियान चलिरहेको छ । शिक्षामा हिंसा  विरुद्धको सचेतना बिषयमा लगानी गर्नुपर्छ । सचेतना एकदमै जरुरी रहेको छ । उहाँले बताउनुभयो । विद्यालयमा हिंसा विरुद्धको पाठ्यक्रममा बिषयमा जोड दिनुपर्छ, हामी १६ दिने अभियान विशेष चलाउछौ त्यसरी हरेक दिन विशेष दिन आवश्यक रहेको छ । भाषणले मात्रै होईन, फिल्डमा जानुपर्छ । न्याय सँग मानसिक रुपमा बलियो कसरी बनाउने भन्ने बिषय महत्वपूर्ण रहेको छ । यसमा सहयोग गर्न आवश्यक छ । यसमा देशभरी ज्यान गुमाउनुपर्ने महिलाको वाध्यता, दाईजो सहितका प्रथा हटाउन आवश्यक रहेको छ । महिलाहरुलाई परिवार र समाजको सहयोग आवश्यक रहेको छ ।

उहाँले अव अहिले आफु नेपाली कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्य भएकाले यस पार्टीले समानता र समान एजेण्डा गर्छ भन्ने लाग्छ । र नेपाली कम्यूनिष्ट पार्टीले नै यसको सुनिश्चितता गर्छ लाग्छ । मलाई के आशा छ भने मुस्कान मात्र होईन सवै दिदी बोल्नुपर्छ । प्रतिकार गर्न, वोल्न सवैदिदि वहिनीलाई सिकाऔं । आफुमा हिक्मत र आट यो राख्नुपर्छ । यो बिषयमा फिल्डमै गएर अनुसन्धान गर्न आवश्यक रहेको छ । यसको ज्ञान विद्यार्थीलाई नै दिएमा राम्रो हुने देखेकी छु । अन्य दिनमा हिंसा घटेको देख्न चाहनु हुनेछ ।

भचुअल छलफलमा माक्र्सवादी ज्ञान केन्द्रका बरिष्ठ उपाध्यक्ष ईन्द्रराज भट्टराईले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको ईतिहास, नेपालमा हिंसाको अवस्था, हिंसाका प्रकार, हिंसाका सरकारी तथ्यांक, ईन्टरनेट, सामाजिक संजाल र साईवर अपराध, वालवालिका माथीको अनलाईन हिंसा लगायतका विभिन्न बिषयमा प्रस्तुतिकरण गर्नुभएको छ । छलफलमा मुस्कान खातुङ, एन्जल लामाले वक्ताको रुपमा आफ्नो धारणा तथा सुझाव राख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्