मंसिर १, २०८२जुम्ला

४७ पटक

जुम्ला / कार्तिक ३० गते । जुम्लाकाे हिमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ काे सार्वजनिक सुनुवाई सम्पन्न गरेकाे हाे । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।
सार्वजनिक सुनुवाईमा स्थानिय तथा सराेकारवाला निकायले सुझाब तथा धारणा राख्नु भएकाे थियाे ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाहीले धारणा राख्नुभयाे । अध्यक्ष शाही र प्रमुख प्रशासकीय अधिकृत बुढाले प्रश्नकाे जवाफ दिनुभयाे ।








