OnlinePana

आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक ३०, २०८२
२९२ पटक

जुम्ला/कार्तिक २९ गते ।

हिमा गाउँपालिकामा लामो समय देखी शुशासनको माग गर्दै आईरहेको सचेत हिमाले ३० गतेको सार्वजनिक सुनुवाई कार्यक्रम तत्काल नगर्न अपिल गरेको छ ।

सचेत हिमाले एक विज्ञेप्ति जारी गर्दै छानविनलाई प्रथामिकता राखेर सार्वजनिक सुनुवाई एक हप्ता पर सार्न अपिल गरेको हो । सचेत हिमाका यूवाको तर्फबाट मनोज शाही र छानविन समिति संयोजक परेक आचार्यको हप्ताक्षरित ध्यानाकर्षण पत्रका छानविनलाई प्रथामिकता दिन र एक हप्ता सार्वजनिक सुनुवाई सार्न ध्यानाकर्षण गराईएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, कार्तिक ३० गते सार्वजनिक सुनुवाई गर्ने उद्देश्यले २८ गते अपरान्ह मात्रै सूचना जारी गरेको देखिन्छ ।

विज्ञेप्तिमा गाउँपालिकाको नियमित कार्यक्रम प्रति सम्मान प्रकट गर्दै छानविन प्रक्रियालाई मध्यनजरगर्दै सार्वजनिक सुनुवाई न्यूनतम एक हप्ता पर सारेर सञ्चालन गर्न अनुरोध गरिएको छ । यता गाउँपालिकाले ३० गते सार्वजनिक सुनुवाई कार्यक्रम तयारी गरेको छ ।

यता गाउँपालिका र हिमा सचेत यूवा विच भएको बार्तामा आगामी दिनमा गल्ति सच्याउने तथा समन्वय सहकार्य गर्ने सहमति भएको छ ।

 

प्रतिकृया दिनुहोस्