

नेत्र शाही/जुम्ला,
कार्तिक २६ गते । चन्दनाथ नगरपालिका–८,तलिउमकी ४० वर्षीया दर्शना दमाई करिब एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल बेडमै जीवन बिताइरहनु भएको छ ।
एक वर्षअघि घरको भर्याङबाट लड्दा उहाँको मेरुदण्ड भाँचियो, र त्यसपछि उहाँ उठ्न नसक्ने हुनुभयो । स्पाईनल ईन्जोरीका बिरामी आमा दर्शनालाई कुर्न वाध्य ति बालकले आमा बिरामी भएदेखी गाउँको विद्यालयको पढाई छोडेका छन् ।
दर्शना दमाईका श्रीमानको पनी अहिले मृत्यु भएपछि उनको बिचल्ली भएको हो । अहिले आमा लामो समय देखी अस्पतालमा बिरामी भएका कारण उनि पनि अस्पतालको वेडमा छन् । बिरामी दर्शनाका ११ वर्षका छोरा विकास दमाई अहिले आमाको सिरानीमा बसेर दिनचर्या बिताइ रहेका छन । विकास भन्छन्,“बाबा मर्नुभयो, आमाको मेरुदण्ड भाँचियो । मलाई भात खान दिने मान्छे छैन, म स्कुल कसरी जानु त्यसैले म यही अस्पतालमै बसेको छु ।
आमा बिरामीपछि विद्यालय छोड्न बाध्य :
आमा बिरामी नहुँदा सम्म विकास जातिभिड स्थित विद्यालयमा कक्षा दुईमा अध्ययन थिए । तर आमा अस्पताल बिरामी भएर थला परेपछि पढाई छोडिसकेको भन्दै निनाउरो श्वरले भने । आमा दर्शनाले पनि अस्पतालको वेडबाट पढ्ने त कहाँछ खाना खाने र बस्ने समेत छोराको व्यवस्था नहुदा आफनो बेड नजिकै आएर बस्ने र अस्पतालको खाना खाने गरेको बताउनुभयो । उहाँले भन्नु्भयो, मत अस्पतालमा मेरै चिन्ताले म सन्चो नहुदा श्रीमान् मरिसके, छोरा बचाउन कसैले सहयोग गरिदिनु हुन्थ्योकि ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दर्शना दमाईको शरीरको तल्लो भाग चल्दैन, केवल माथिल्लो भाग चल्छ । उहाँ आफैं खाना खान, शौचालयजान सक्नु हुन्न, पहिले श्रीमानले स्याहारसुसार गर्थे उनि मरिसके, अहिले भाईले उहाँको स्हारेको रुपमा काम गरिरहनु भएको छ । भाईले पनि आफुलाई स्यहार गर्नेकि मेरो बच्चालाई अस्पतालमा पाल्ने समस्या भईरहेको उहाँले बताउनुभयो । धन्न कर्णाली प्रतिष्ठानले निशुल्क उपचार गरिरहेको छ ।
पिडै पिडाले जेलिरहेको दर्शनाले अस्पतालको बेडबाट आँसु झार्दै भन्नु हुन्छ “म त जिउँदो लास सरह भएकी छु । शरीर चल्दैन, अब उठ्न सक्दिन । ढिलोचाँडो म मर्छु नै । तर मेरो ११ वर्षको छोरा विकासलाई के गर्ने होला ?
गम्भिर प्रकृतिका विरामी दर्शना दमाईका ११ वर्षका छोरा विकास कलिलो उमेरमा घरको पारिवारिक आर्थिक अभावका कारण विद्यालय छोड्न वाध्य भएका छन् भने दैनिक जीवनयापन गर्न कठिन भएकाले राज्य र सरोकारवाला निकायले पुर्नस्थापन गर्न आवश्यक रहेको छ ।
क्याप्सन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आमा कुरिरहेका ११ बर्षिय बालक








