कार्तिक २९, २०८२जुम्ला

७७ पटक

नेत्र शाही /जुम्ला,
कार्तिक २८ गते । जुम्ला तिला गाउँपालिका ७ निवासी मोतिलाल रोकाया जनयूद्ध कालमा गोली लागेर अपांगता भएका थिए । तत्कालिन समयमा राज्य पक्षबाट गोली खाएका मोतिलाल शरिरले काम गर्न नसक्ने भएपछि घर फर्किनुपर्ने भयो । उहाँको दायखुट्टाको घुडामुनी घाउ भएका कारण अहिलेपनि भारी वोक्ने देखी विभिन्न काम गर्न कठिन छ । शान्ति प्रक्रिया पछि जिविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले उहाँलाई पिरोलिरहेको थियो ।
आजको १४ बर्ष अगाडि अपांग पुनस्र्थापन तथा विकास केन्द्रले गठन गरेको समूहमा मोतिलाल रोकाया समेटिए । समूहमा अपांगता भएका व्यक्तिको अवस्था, लेखाजोखा तथा आर्यआर्जनका बिषयमा छलफल हुन थालेपछि मोतिलालले आफ्नो जीवनको संघर्ष र जिवन यापनको बिषयमा समुहमा जानकारी दिए । समुहले मोतिलालको माग अनुसार सिलाई कटाई तालिममा सहयोग गर्यो ।
सिलाईकटाई सिकेपछि सोही तालिम नै मोतिलालका लागि अहिले जीविकोपार्जन गर्ने मुख्य आधार भएको छ । अपांग पुनस्र्थापन तथा विकास केन्द्रको सहजीकरणमा आईएनएफ जुम्ला र एविलिज फाउण्डेसनका कार्यक्रमले मोतिलालाई घरमै शिप प्रदान गर्ने बाताबरण बन्यो । शिप प्रदान पछि ८० प्रतिशत सहयोगमा सिलाईकटाई मेशिन प्रदान भएको थियो । अपांगता भएका मोतिलाल सिलाईकटाईबाटै छोरीहरु पढाउने देखी घर व्यवहार संचालन गर्ने भएका छन् । उहाँले सिलाईकटाई शिप सिकेपछि अहिले धेरै जसो आईटमहरु गाउँमै सजिलै सिलाउन सक्ने भएको बताउनुभयो । नियमिति रुपमा विद्यालय पोषाक, पाईन्ट सट, चोलो, पेटिकोट, बालबालिकाका कपडा सिलाउने गरेका छन् ।
विद्यालय लाग्ने समय र धार्मिक जात्रा हुने समयमा त सिलाईकटाईको काम आफुलाई भ्याई नभ्याई भएको मोतिलालले बताएका छन् । घर परिवार छोरीहरुको पढाई लेर्खाइमा समेत यसैले सहयोग गरेको छ ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले उहाँको शिप र मिहिनेत देख्दा अच्चम लागको बताउनु भयो । उहाँले भन्नुभयो, जनयूद्धमा गोली लागेर अपांगता भएका व्यक्ति उनलाई शिप दिएर जिविको पार्जन भईरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अपांगता भएका मोतिलालको आयआर्जनको माध्याम सिलाईकटाईलाई राम्रो गर्न स्थानीय सरकारले पनि जोड दिने बताउनुभयो ।
मेशिनको आवश्यकता :
झण्डै १२ बर्ष अगाडि अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला र आईएनएफको साझेदारीमा संचालित परियोजना मार्फत उपलब्ध गराईएको सिलाईकटाई मेशिन हाल पुरानो भएकाले केही समस्या हुन थालेको छ । गाउँमा अहिले प्रयाप्त बिजुली पनि छ बिजुलीबाट संचालन गर्ने सिलाईकटाई मेशिन आवश्यक छ, यसका लागि स्थानीय सरकार र सहयोगी निकाय खोजिरहेको उहाँले बताउनुभयो । आफ्नो कमाईबाट घरपरिवार छ बटा बच्चाको लालनपान, पढाईमा खर्चने गरेकाले समस्या भईरहेको छ । यही कमाईबाट जेठी छोरी १२ कक्षा उत्तिर्ण गरिसकेकी र माईलीछोरी ११ कक्षा अध्ययन गरिरहेकी छन् ।
यता अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले एविलिज फाउण्डेशनको सहयोगमा संचालित परियोजना अन्तरगत तिला गाउँपालिमा संचालित अपांगता पहिचान तथा क्षमता विकास कार्यक्रममा मोतिलाल रोकाया सहभागी हुनुभएको छ । उहाँले पुनस्र्थापना केन्द्रले सिलाई कटाइ सँगै अपांगता भएका व्यक्तिका अधिकारका बिषयमा जानकारी भएको बताउनुभयो । त्यस कार्यक्रममा आफुले धेरै कुरामा जानकारी पाएको उहाँको भनाई रहेको छ । यता अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले मोतिलाल जस्ता शिप लिएर कार्यान्वयन गर्ने आफ्नो जीवन यापन गर्ने व्यक्तिलाई राज्यले सहयोग गर्ने कुरामा जोड दिनुभयो ।
क्याप्सन :जुम्ला सदरमुकामबाट हिडेर एक दिन लाग्ने तिला ७ घोडेपाख्रीमा सिलाईकटाई गर्दै मोतिलाल रोकाया तस्बिर नेत्र शाही, जुम्ला ।








