कार्तिक २८, २०८२

३५ पटक
जुम्ला/ कार्तिक २७ गते ।
जुम्लामा राेकिएकाे ट्रयाक्टरमाण माेटरसाईकल ठाेकिदा एक जनाकाे मृत्यू भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ६ बर्सपार्क नजिक सड्क छेउमा राेकिएकाे भे २ त १८६८काे ट्रयाक्टरमा जुम्ला बजार बाट रारालिही जाँदै गरेकाे भे ७ प २२२२ नम्बरकाे माेटरसाईकल ठाेक्किदा माेटरसाईकल चालक पातारासी गाउँपालिका ३ निवासी अन्दाजी ४५ बर्षिय जनबहादुर बुढाकाे मृत्यु भएकाे छ ।
विहिवार साझ साढे ७ बजे दुर्घटना भएकाे र निज बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारकाे क्रममा निधन भएकाे प्रहरी निरीक्षक सालिकराम खनालले जानकारी दिनु भएकाे छ ।
उहाँका अनुसार माेटरसाईकलमा सवार एक जना महिला गम्भीर घाई घाईते भई कर्णाली प्रतिष्ठानमा उपचार भईरहेकाे छ ।








