OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २६, २०८२
३३७ पटक

२५ कात्तिक २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम प्रारम्भ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा “प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम”अन्तरगत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरु)को पहिलो दिन मंगलबार कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा गण प्रमुख प्रहरी उपरीक्षक प्रेमसागर केसीको उपस्थितिमा अस्पताल प्रमुख डा.श्याम कृष्ण लौडारी नेतृत्वको छ जना स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परीक्षण कार्य प्रारम्भ गरेको हो ।

अस्पताल प्रमुख डा.लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारीहरु ३८ महिला र एक सय ९१ गरी जम्मा दुई सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो । कार्यक्रमको सुरुवातमा सम्पूर्ण सहभागी प्रहरी कर्मचारीहरुलाई स्वस्थ खानपिन, मादक पदार्थ सेवन र सुर्तीजन्य पदार्थ, मानसिक तनाव व्यवस्थापन सम्बन्धी परामर्श दिईएको उहाँले बताउनुभयो ।

आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा ट्राफिक व्यवस्थापन प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको उपस्थितिमा अस्पताल प्रमुख प्रहरी नायब उपरीक्षक डा.लौडारी नेतृत्वको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य जाँच सेवालाई निरन्तरता दिएको हो । टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी एक महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो ।

टोलीले प्रहरीको स्वास्थ्य विवरण संकलन कार्यलाई एकसाथै अगाडि बढाएको छ । अस्पताल प्रमुख प्रनाउ डा.लौडारीका अनुसार कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रहरीको दैनिकी र स्वस्थकर जीवनयापन, कुलतको भयावह अवस्था, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धी परामर्श प्रदान गरिएको छ । उक्त कार्यक्रम विकट जिल्ला हुम्लामा पनि  सञ्चालन गरिने कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका प्रहरी हवल्दार बिर्खबहादुर भण्डारीले जानकारी दिनुभयाे ।

 

प्रतिकृया दिनुहोस्