OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २३, २०८२
२८३ पटक

नेत्र शाही /जुम्ला,

कार्तिक २२ गते । जुम्लाको सिंजा गाउँपालिकाका एक हजार ६४ घरधुरिमा खानेपानी पुगेको छ ।
सिंजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा सिंजामा गाउँपालिकाले खानेपानी पुर्याएको हो । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार संघीय सरकारले गाउँपालिकालाई दिएको अनुदानबाट र फिनल्याण्ड सरकार, यूरोपियन यूनियनको संयुक्त सहयोगमा घरघरमा धारा पुर्याईएको छ ।

गाउँपालिका खापासटे गजेन्द्रबहादुर महतका अनुसार गाउँपालिकाको आर्थिक सहयोगबाट वडा नम्बर १ डिग्रा जाँच खानेपानी आयोजना अन्तरगत २१४ धारा, बिष्टवाडाा खानेपानी आयोजनाबाट ८५ धारा,नराकोट गाउँ खानेपानी आयोजना १५२ वटा धारा निर्माण भएका छन् । यसैगरी गाउँपालिका र लापा परियोजनाको सहयोगमा फुंग्र गाउँमा ११९ खानेपानीको धारा निर्माण भएका छन् । यसैगरी कर्णाली प्रदेशको सहयोगमा गाडाँपानी गाउँमा ५८ धारा पुर्याएको छ ।

उहाँका अनुसार सिंजा गाउँपालिकामा लागु गरिएको सुस्वा परियोजना अन्तरगत गाउँपालिका र फिनल्याण्ड सरकार, यूरोपियन यूनियनको सहयोगमा ४३६ धारा निर्माण भएका छन् । जसमा वडा नम्बर ३ को धिताललिही गाउँमा ६४ धारा, फार्सेवाडा गाउँमा १३० धारा, वडा नम्बर ५ गोरा गाउँमा १८८ धारा, रुघाँ गाउँमा ५४ धारा निर्माण भएका छन् ।

गाउँपालिकाका अनुसार वडा नम्बर ६ को जोडुगाउँमा ११० धारा, वडा नम्बर २ का चुलेलगाउँमा ८८ धारा, वडा नम्बर १ को धापामा २७ धारा र भुली गाउँमा २२ धारा यो आर्थिैक बर्षमा निर्माण हुने भएका छन् ।

गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार नराकोट सिंजाको प्रशासनिक केन्द्र सहित धेरै गाउँमा खानेपानी नभएपछि नागरिकको अगुवाई अनुसार खानेपानीलाई समेत प्रथामिकता दिईएको छ ।

खानेपानीमा सिंजा उत्कृष्ट गाउँपालिका :

सिंजा गाउँपालिकामा खानेपानीको बिषयमा सुस्वा परियोजनाले गरेको मुल्यांकनमा प्रथम भएको छ । कर्णालीको राजधानी विरेन्द्रनगरमा आयोजन गरिएको घोषणा कार्यक्रममा कर्णालीका २८ स्थानीय तह मध्य सिंजा गाउँपालिकाले खानेपानीमा यसपटक उत्कृष्टता हाशिल गरेको छ । सिंजाले २६ प्रतिशत बजेट खानेपानीमा लगानी गरेको, पार्दशिता गरेको, विवादित आयोजना तथा समस्या समाधानमा पहलकदमी गरेर विवाद सामाधान गर्ने अभियानका साथ काम गरेका कारण २८ स्थानीय तहमा सिंजा प्रथम स्थान हाशिल गरेको गाउँपालिकाले जनाएको छ ।

सिंजामा सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना संचालन गरेर काम भईरहेको परियोजना संयोजक मञ्जु थापाले जानकारी दिनुभयो । उहाँले सिंजा गाउँपालिका सँग मिलेर आगामी दिनमा समेत काम गरिने बताउनुभयो । स्थानीय दत्त बहादुर बुढाले खानेपानी अभाव भएको नराकोटमा खानेपानी पुर्याएको स्थानीय सरकारलाई धन्यवाद दिनुभयो ।

क्याप्सन ः जुम्लाको धिताललिही गाउँमा खानेपानी भर्दै : तस्बिर नेत्र शाही ,जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्