OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १५, २०८२
१९१ पटक

 

१४ कात्तिक २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको स्थलगत अनुगमन गर्नुभएको छ ।

उहाँले आज आयोजना निर्माणस्थल हर्रे र बबई क्षेत्र पुगेर कार्य प्रगतिको अनुगमन गर्नुभएको हो । यसअघि उक्त आयोजनाको काम ९० प्रतिशत सकिएको र बाँकी असोज महिनामै सम्पन्न हुने भनिएपनि निर्माण कार्यमा ढिलाई भएपछि अवस्था जानकारी लिन स्थलगत अनुगमन गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

उहाँका अनुसार निर्माण सम्पन्न हुने कार्य ढिला भएपछि आगामी कात्तिक महिनाभित्र सुर्खेत सुब्बाकुना सवस्टेशनमा बिद्युत् चार्ज गर्ने लक्ष्य पुरा नहुने देखिएको छ । अवलोकनको क्रममा मुख्यमन्त्री कँडेलले आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न थप सहजीकरण गर्न आफू निरन्तर प्रयासमा रहने बताउनुभएको छ ।

पछिल्लो जेनजी आन्दोलन र दशैंतिहार लगायतका चाडपर्वका कारण निर्माण कार्यमा केही ढिलाइ भएको आयोजनामा कार्यरत कर्मचारीहरुले जानकारी दिएको उहाँले बताउनुभयो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम लामो समयदेखि सम्पन्न नहुँदा दैनिकरुपमा बिद्युत पटक पटक जाने समस्याबाट यहाँका नागरिकहरुले सास्ती खेप्दै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्