OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १५, २०८२
२०७ पटक

१४ कात्तिक २०८२, शुक्रबार

सुर्खेतः भेरीगंगा नगरपालिका १२ सुर्खेतस्थित मसिनाटोलमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार आज बिहान ७ः०० बजे ३५ वर्षीय कबिराम बस्नेतले ५० वर्षीय आमा धनिकला बस्नेतको टाउकोमा फरुवा प्रहार गरी हत्या गरेका हुन् । धनिकला सुतिरहेको अवस्थामा उनले टाउकोमा फरुवा प्रहार गरेका थिए ।

प्रवक्ता बुढ्थापाले भन्नुभयो, फरुवा प्रहारपछि टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको थियो तर अस्पतालमा पुग्ने बित्तिकै चिकित्सकले धनिकलालाई मृत घोषणा गरे । घटनाको कारण उनले मदिरा सेवन गरेको भन्ने देखिएको छ । अभियुक्त कविरामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्