OnlinePana

आज : २०८२ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १२, २०८२
१८ पटक

 

११ कात्तिक २०८२, मंगलबार

सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।

देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा नौ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका १८ वर्षीय उत्सव पुनमगर, सोही वडाका १८ चाहिन गुरुङ, २१ वर्षीय विक्रान्त गुरुङ, वडा नं.९ लाटीकोईली बस्ने १८ वर्षीय हेमराज रोकाय, सोही वडा बस्ने १८ वर्षीय सीमान्त पन्त, समीर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपित पुनमगरसहितले यही कात्तिक ६ गते राति १ः३० बजेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी बाटो छेकी पिडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरी सक्त घाईते बनाएर फरार भएका थिए । फरार मगरसहित नौ जनालाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्