

नेत्र शाही /जुम्ला,
कार्तिक १ गते । माक्र्सवादी ज्ञानकेन्द्रले पछिल्लो समय जेन्जी बिद्रोह र अवको बाटो बिषयमा अनलाईन वहश शुरु गरेको छ ।
केन्द्रले गरेको वहशमा राजनितिक विश्लेषक पुरुषोत्तम दाहाल, बरिष्ठ अधिबक्ता राजु प्रसाद चापागाई, जेन्जी प्रतिनिधि मोनिका निरौला, माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरी तिमिल्सेनाले आफ्नो धारणा राख्नु भएको छ ।
जेन्जी प्रतिनिति मेनुका निरौलाले जेन्जी आन्दोलनमा २३ गतेको निर्मम घटना निकै गम्भिर भएको बताउदै विकसित घटनाका बिषयमा आफ्नो धारणा राख्नु भएको हो । उहाँले भौतिक संरचना र मानवीय क्षेति एउटै नभएको, घर बनाउन पनि सकिन्छ । तर मान्छे मरेको सहन नसकिने बताउदै पछिल्लो परिस्थिति विकसित भएकोमा जोड दिनुभयो । निरौलाले निर्वाचन पहिलो तार्गेट भएको बताउदै, जेन्जीको माग शुसासन कायम गर्ने, यूवाहरुको प्रतिनिधित्व गर्ने भएको बताउनुभयो । उहाँले राज्य संयन्त्र जनतामा समर्पित हुनुछोडेर राजनितिक व्यापार तिर लागेकाले आन्दोलनको प्रारम्भ भएको बताउनुभयो ।
वरिष्ठ अधिबक्ता राजु प्रसाद चापाईले निर्वाचन पहिलो प्रथामिकता भएकाले निर्वाचन पछिको संसदले के गर्नुपर्ने हो । त्यो सवै गर्ने धारणा राख्नु भयो । उहाँले शुसासन कायम गर्न कानुन संशोधन गरेर पनि काम अगाडि बढाउन सकिन्छ । धेरै बिषय मन्त्रीपरिषदको निर्णय बाधक बन्ने गरेको छ । यस्ता कुरा अध्यादेशबाट पनि ल्याउन सकिन्छ ।
बरिष्ठ पत्रकार तथा विश्लेषक पुरूषोत्तम दाहालले फागुन २१ को निर्वाचन सरकार र अन्य सवैको अर्जुनदृष्टि हुनुपर्ने बताउदै जेन्जी आन्दोलन एउटा उमेरले आन्दोलन गरेको भएपनि यसको आधिकारक नेतृत्व नभएको कुरामा जोड दिनुभयो । उहाँले अव देशको सामाजिक आर्थिक बिषय परिवर्तन गर्न समय लाग्छ । अब कुनैबादले समाज परिवर्तन हुदैन । मानिसको मष्तिक्स मेशिनबाट चल्न थालेको भन्दै
जेन्जीले हामीले २३ र २४ गतको आन्दोलनको जिम्मेवारी लिन आट गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल त केही समय पछि माग पूरा हुन्थ्यो तर शुसासन महत्वपूर्ण हो । भ्रष्ट्रचार आर्थिक सँग मात्रै हो कि अन्य पनि छ यो बिषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कुनैपनि आन्दोलनको प्रतिनिधित्वको अगुवा हुन्छ । जेन्जी आन्दोलनमा पानी बाड्ने बार्तामा छन् । २२ जना सड्कमा मरेका थिए, वाँकी विभिन्न स्थानमा आन्दोलनमा मरेको बिषय पनि गम्भिर छ ।
उहाँले सरकारले निर्वाचन अर्जुन दृष्टि हुनुपर्नेमा अन्य कुरामा जोड दिईएको बताउदै जेन्जीले पनि दलियपद्दतिलाई अस्विकार गर्नु हुदैन । व्यक्ति गलत हुन्छ तर दलिय पद्दतिलाई चुनौति दिनु हुदैन । त्यसो भए पञ्चायत ठिक होला त ?
माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरी तितिमल्सेनाले घटनाको समयमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ र २३ गते अहंकार गरेका कारण परिस्थिति झन बलियो हुँदै गयो । सरकारले त्यति ठूलो घटनालाई २३ गते सामान्य लियो । २४ गते आगलागीको कुरा जेन्जी बिद्रोहको उद्देश्य थिएन । अन्यको हातमा गयो, अव जेन्जी विद्रोहले सामाजिक मनोवैज्ञानिक हिसावले शुसासनको ठुलो चेतना दिएको छ । अव भ्रष्ट्रचार गर्ने होईन,सादगी जीवन विताउनेले नेतृत्व गर्छ । यो वुझिएन भने जेन्जी विद्रोहको अपमान हुन्छ । अब पाटी र नेताले पनि यो बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
माक्र्सवादी ज्ञान केन्द्रका महासचिव ईन्द्रराज भट्टराईले तत्कालिन सरकारका कारण सामाजिक संजालबाट लाखौ यूवा बाहिरिनुपरेपछि आन्दोलन भयो । ठूला राजनितिकदलको सरकार भएको वेला यस्तो काम भयो । अव फागुन २१ को निर्वाचन पुरानै निर्वाचन हुने देखिन्छ । सांसदबाटै संविधान संशोधन हुनुपर्दछ । अब निर्वाचन चाडो जान आवश्यक रहेको छ । यस बिषयमा जेन्जी पुस्ताले पनि ध्यान दिनुपर्दछ ।