OnlinePana

आज : २०८२ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३०, २०८२
३७ पटक
 

जुम्ला/ असाेज २९, २०८२ । जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो ।

बुधबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीचौर गाउँपालिकाले जेनजी पुस्ताको आवाज सम्बोधन गर्न पनि सुशासन अभियान सुरु गरेको जनाएको छ ।

‘अब पालिकामा हुने अनियमितता नियन्त्रण, सवारीसाधनको दुरुपयोग रोकथाम, भ्रमण भत्तामा अनुशासन कायम गर्नुका साथै निस्वार्थ भावनाका साथ सेवा सञ्चालने हुनेछ,’ पालिका अध्यक्ष दानबहादुर बुढाले भने, ‘अब सुशासन र पारदर्शिताका क्षेत्रमा कर्णालीकै अब्बल पालिका बनाउने अभियानको मर्म छ ।’तढ

तबुढाले अबदेखि आफूले पनि सवारीसाधनको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘म पनि सरकारी काममा बाहेक सवारीसाधनको प्रयोग गर्दिनँ,’ उनले भने, ‘अरुले पनि सरकारी कामबाहेक व्यक्तिगत प्रयोजनमा सवारीसाधन प्रयोग गर्न पाउने छैनन् ।’

Advertisement

‘अहिलेसम्म हामीले कार्यालय समयबाहेक पनि घरमा सवारीसाधन लैजाने गर्‍यौं । यसले राम्रो प्रभाव परेन,’ अध्यक्ष बुढाले थपे, ‘अब सवारीसाधनको दुरुपयोग पूर्णरूपमा रोकिनेछ ।’ सबै कर्मचारीले कार्यालय समयमा अनिवार्य उपस्थित हुनुपर्ने, जनसेवामा समर्पित हुनुपर्ने, कुनै पनि व्यक्तिगत काममा सरकारी साधनको प्रयोग गर्न नपाइने गरेर सुशासन अभियानको प्रारम्भ भएको उनको भनाइ थियो

उनले घर टाढा भएका कर्मचारीको हकमा आवासको व्यवस्थापन गर्न सकिने बताए । उनले १९ कर्मचारी कटौती गरिएको पनि बताए ।

अहिलेसम्म भएका सबै कमजोरी सुधार गर्दै अब स्थानीय सरकार असल अभिभावक हो भन्ने सन्देश फैलाउन कटिबद्ध भएर लाग्ने गुठीचौर गाउँपालिकाको प्रतिबद्धता छ । प्रमुख प्रशासकीय अधिकृत माया बुढाले सुशासन अभियान सञ्चालन गर्न भएका निर्णय कार्यान्वयन गर्ने, समस्या आएमा फेरि बस्ने बताउनुभयाे ।

पत्रकार भेटघाटमा पत्रकारले बिगतका बाेलेका कुरा कार्यान्वन नभएकाले आशंका हुने बताए । नेपाल पत्रकार महासंघका पुर्वध्यक्ष नेत्रबहादुर शाहीले हरेक ३ महिनामा प्रगति र आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु पर्ने,  समानुपातिक विज्ञापन लागू गरिनु पर्ने सुझाब दिए ।

प्रतिकृया दिनुहोस्