OnlinePana

आज : २०८२ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २८, २०८२
१२ पटक

नेत्र शाही/जुम्ला ।

असोज २८ गते । स्टुडियो भित्रै लगाईएको ओछ्यानबाट जुरुक्क उठेर छामछुम गर्दै रेडियो खोल्ने र रेडियोको काम शुरु गर्ने न्यून दृष्टि विहिन अपांगता भएका व्यक्ति धर्मलालको कथा फरक छ ।

अक्षर नदेखेपनि एकाविहानै देखी वेलुकी सम्म रेडियोको समाचार उत्पादन, वाचन तथा सूचना प्रवाह गर्ने उहाँको दैनिक बनेको छ । जुम्लाको सिंजा क्षेत्रमा एक मात्र संचालन भईरहेको रेडियो सिंजा खोलामा अपांङ्गता भएका व्यक्ति धर्मलाल प्याकुरेले प्राविधिक काम देखी समाचार बाचनका काम एक्लै गर्न सक्छन भन्दा अच्चम लाग्छ तर उनि सिंजा क्षेत्रको सूचना प्रवाहमा रेडियोबाटै आशलाग्दो काम गरि रहनु भएको छ ।
एफएम रेडियोमा सामान्य व्यक्तिले प्राविधिक काम, समाचार बाचन काम गरिरहेको हामीले सुनेकै छौ तर अक्षर नदेख्ने व्यक्तिले कसरी समाचार पढ्छन, कसरी समाचार संकलन गर्छन भन्ने बिषय धर्मलालबाट पाठ सिक्न सकिन्छ । आँखाको ज्योतिमा समस्या भएका उहाँको आखाको दृष्टि निकै कम छ । उनि कापीमा लेखेको अक्षर पढ्न सक्दैनन, अच्चम त के छ भने समाचार र खबरहरु सुनेर कण्ठ गर्छन अनि रेडियोबाट स्रोतालाई बाचन गरेर आम मासमा सूचना र समाचार जान्छ । धर्मलाल प्याकुरेलका अनुसार अहिले पछिल्लो समयमा मोवाईल एप्स मार्फत समाचार लेख्ने र घोकेर बाचन गर्ने समेत गरेको पनि बताउनु हुन्छ । पत्रकार प्याकुरेलले टकब्याक एप्सबाट अन्य समाचार अनुवाद गरेर स्रोतलाई रेडियोबाट सूचना दिन सजिलो भएको जानकारी दिनुभयो ।

जुम्ला कनकासुन्दरी गाउँपालिका ७ बैदारबाडा गाउँ निवासी आखाको दृष्टिमा समस्या भएका २२ बर्षिय यूवा धर्मलालको विहान देखी वेलु्का सम्मका रेडियो कार्यक्रम कार्यतालिका मुखमै कण्ठ छन । स्टुडियोमै सुत्ने र विहान साढे ५ः४५ बजे रेडियो खोल्ने तालिका अनुसारको रेडियोमा वेलुकी ९ बजे सम्मका कार्यक्रम प्रवाह गर्न प्राविधिकको काम समेत गरिरहेको उनको दैनिकीले मानिसलाई उत्साह दिईरहेको छ । रेडियोमा सिशप पनि सिक्ने र दैनिक खर्चको जीवनयापन पनि भईरहेकोमा धर्मलाल खुशी छन् ।

सिंजा गाउँपालिका नराकोटबाट एक घण्टा टाढा भुलीडाडामा संचालित रेडियो सिंजाखोलाका कार्यक्रम संयोेजक पत्रकार उमेश बुढाको समन्वयमा धर्मलाल रेडियोमा काम गर्न छिरेका थिए । धर्मलालले २०८० साल साउन देखी रेडियोमा काम शुरु गरेका हुन् । पत्रकार उमेश बुढाका अनुसार दृष्टिविहिन व्यक्तिलाई रेडियो चलाउलान भनेर कसैल सोचेका थिएनन । तर आज उनको पत्रकारिता हेर्दा खुशी लाग्ने गरेको छ । उनले एक्लै पनि रेडियो चलाउने गरेको उमेश बताउछन् । रेडियोका संचालक मोहन शाही उनलाई थप प्रेरणा दिएपछि सिक्न पाईरहेको उनि बताउछन् ।

धर्मलालले अक्षर नदेख्ने भएकाले सिंजा क्षेत्रकै भैरव माध्यामिक विद्यालय नराकोटमा संचालिन दृष्टिविहिनका लागि स्रोत कक्षामा हाईस्कुल तह सम्म ब्रेललिपी अध्ययन गरेका थिए । अहिले सिंजाखोला रेडियोमा स्रोतका प्रिय मान्छे धर्मलाल बनेका छन् । पत्रकार धर्मलाललाई स्रोताले दिएको धन्यवादले पत्रकारितामा पेशालाई निरन्तरता दिईरहेका छन् । वि.स २०७७ सालमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सूचना विभागको सहयोगमा अपांगता भएका व्यक्तिलाई तिन दिने आधारभुत रेडियो उदघोषण तथा पत्रकारिता तालिम लिने अवसर पाएको र सोही कारणले आफुले पत्रकारिता शुरु गर्न इच्छा जागेको धर्मालाल बताउछन । त्यस समयमा पत्रकार महासंघले ४० जना अपांगता भएका व्यक्तिलाई आधारभुत रेडियो उदघोषण तथा पत्रकारिता तालिम दिएका मध्य धर्मलाल पत्रकारितामा सफल भएका छन् ।
समाजमा अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन भन्ने गलत धारणा सिंजामा धर्मलालको कामले हटाईदिएको छ । उनलाई सो क्षमता भएपछि पछिल्लो समय सिंजा क्षेत्रमा एविलिज फाउण्डेसनको सहयमोगमा अपांग पुनस्र्थापन तथा विकास केन्द्रले संचालन गरेको क्षमता अभिबृद्धि तथा शिप विकास बिषयको तालिम समेत लिन पाएको धर्मलालले बताएका छन् ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले अवसर पाएमा अपांगता भएका व्यक्तिले समेत काम गर्ने उदाहरण धर्मलालले दिएका छन् । उहाँका अनुसार पहिला पहिला कार्यक्रममा आउदा अच्चम लाग्थ्यो अहिले गाउँपालिकाको कार्यक्रममा सहभागि भएर वेलुकी रेडियोमा समाचार सुन्दा अच्चम लाग्दै आएको छ । अक्षर नदेखेरै रेडियोमा पढ्ने उहाँको क्षमतालाई प्रवर्धन गर्ने उहाँ बताउनु हुन्छ ।

क्याप्सन :जुम्लाको रेडियो सिंजा भुलीमा अवस्थित रेडियो सिंजा खोला तस्बिर नेत्र शाही, जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्